
भारतको गोवामा बिम्स्टेक सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आयोजक राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै । तस्बिरः कृष्ण अधिकारी, गोवा (भारत), रासस
गोवा (भारत), ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन सदस्य मुलुकहरुबीच वार्ता र सहकार्यका लागि अनुपम अवसर भएको बताउनुभएको छ ।
राससका अनुसार, ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले विश्वको एक तिहाईभन्दा बढी जनसङ्ख्या र एक चौथाई कूल गार्हस्थ्य उत्पादनको प्रतिनिधित्व गर्ने बताउनुभयो ।
बिम्स्टेकले यस क्षेत्रका डेढ अर्ब भन्दा बढी जनसङ्ख्याको विकास र उज्ज्वल भविष्यका लागि सामूहिक अभिलाषा राख्नुपर्ने धारणा राख्दै ब्रिक्स यस क्षेत्रको आर्थिक रुपान्तरणमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
यस क्षेत्रका अपार सम्भावनालाई व्यवहारमा साकार पार्न ब्रिक्स र बिम्स्टेकबीच बलियो साझेदारीको आवश्यककता औँल्याउँदै उहाँले भारत दुवै समूहको महत्वपूर्ण सदस्य भएकाले उसले साझा सेतुको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
यस क्षेत्रका लाखौँ जनतालाई गरिबीको दुश्चक्रबाट मुक्ति दिलाउन विगत दुई दशकदेखि ब्रिक्सको प्रतिबद्धता जारी रहेको बताउँदै उहाँले यसले विश्व अर्थतन्त्रलाई आर्थिक सङ्कटका बाबजुद स्थिर राख्न मद्दत गरेको छ भन्नुभयो ।
पहिलो पटक साझेदारी र अवसरका विषयमा ब्रिक्स र बिम्स्टेक सदस्य मुलुकबीच छलफल भएकोमा खुशी व्यक्त गर्दै उहाँले यसले ठूलो सम्भावनाको ढोका खोलेको बताउनुभयो । शिक्षा र मानव संशाधन विकासको सहयोगबाट दुवै समूहले लाभ लिन सक्ने बताउँदै प्रधानमन्त्री दाहालले त्यसका लागि युवा जनशक्तिलाई सदुपयोग गर्न सकिने धारणा राख्नुभयो ।
कृषि हामी सबैजसोको अर्थतन्त्रको मुख्य पक्ष हो भन्दै उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिले रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासमा सहकार्य गर्न सके यस क्षेत्रको आर्थिक सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले नवीकरणीय ऊर्जाको उपयोगले स्वच्छ र हरित विकास ल्याउन सकिने उल्लेख गर्नुभयो ।
अन्तरक्षेत्रीय सञ्जालका लागि अत्याधुनिक पूर्वाधारले सबै प्रकारका आवागमनका माध्यम (सडक, रेल, जलयात्रा, हवाइमार्ग र प्रसारणलाइन)को सुविधाले यस क्षेत्रका वस्तु, सेवा र जनतालाई जोड्न सकिने उहाँको धारणा थियो ।
ब्रिक्स सदस्य मुलुकले नयाँ बैंक स्थापना र सञ्चालन गर्न सफल भएकोमा बधाई दिँदै त्यसबाट यस क्षेत्रको पूर्वाधार परियोजना र कार्यक्रमको दिगो विकासलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।
आतङ्कवादको त्रास, त्यसका स्वरुपहरु, मानव तथा लागुऔषधको बेचबिखन र अन्य अन्तरदेशीय अपराधका विरुद्धमा सामूहिक रुपमा लड्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो । सम्बोधन क्रममा उहाँले बिम्स्टेकको महत्वपूर्ण सदस्य राष्ट्र थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेजको निधनमा त्यहाँको सरकार र जनताप्रति हार्दिक समवेदना पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले उक्त सम्मेलन आयोजना गर्ने मुलुक भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी