
लन्डन । ‘जेनजी’को नाममा भएको आन्दोलन अराजक बनेपछि नेपालमा ठूलो जनधनको क्षति भएको छ । सोमबारदेखि सुरु भएको आन्दोलन मंगलबार चर्किएपछी राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका (संघीय संसद्) भवनसहित धेरै सरकारी प्रशासनिक भवन, प्रहरी कार्यालय तथा केही व्यापारिक भवनमा क्षति पुगेको हो ।
प्राप्त प्रारम्भिक विवरण अनुसार सिंहदरबारका दर्जनौं मन्त्रालयहरु, संघीय संसद्, प्रदेशसभा, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, विमानस्थलमा समेत आगजनी र तोडफोड भएका छन् । यस्तै ठूला होटल, नेताहरुका निजी निवास, पूर्वपदाधिकारीका निवास, सञ्चारमाध्यममा समेत तोडफोड भएको छ । देशको मुख्य राजधानीका सयौं संचरनामा तोडफोड र आजगजी भइरहे पनि नेपालको सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो सुरक्षाबाहेक ती संरचना कुनै जोगाउन सकेनन् । दिनभर काठमाडौं उपत्यका विमान उडानमा समेत प्रभावित हुने गरी अस्तव्यस्त हुँदा पनि सेना परिचालन हुन सकेन । बल्ल राति प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्नुहुँदै १० बजेदेखि सुरक्षा जिम्मा नेपाली सेनासहित सुरक्षा निकायले लिने घोषणा गर्नुभएको थियो । सोही बमोजिम सेना परिचालन भयो । र, लुटपाट, आगजनी तोडफोडमा संलग्नलाई नगद, हतियारसहित नियन्त्रणमा लिएको खबर आएको छ ।

आन्दोलनका बीच ठूला ठूला भ्रष्टाचार, ठगी, हत्या, बलात्कार, व्यक्ति हत्या जस्ता अपराधमा जेल सजाय भोगिरहेका सयौं कैदीबन्दी हिरासतबाट भागेका छन् । काठमाडौंमा ठूला संरचनामा लगाइएको आगो अझै ननिभ्दा अन्तर्राष्ट्रिय विमानस्थल समेत अनिश्चितकालका लागि बन्द गरिएको छ ।

प्रधानमन्त्री कार्यालय
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे