
भक्तपुरको नवदुर्गा देवगणका मुल नाईके विकुलाल वनमालाबाट नवदुर्गाको प्रसाद स्वरुप पञ्चरंगी धागो र विमिरो ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः लक्ष्मी गारु, भक्तपुर, रासस
भक्तपुर, २९ असोज । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गर्नुभएको हो ।
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका नकी तेजमाया वनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराउनुभएको थियो भने नवदुर्गाका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गर्नुभएको थियो । त्यस क्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।
राष्ट्रपति नवदुर्गा मन्दिर आउनुहुँदा उहाँलाई प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, प्रहरी उपरीक्षक किरण बज्राचार्य, स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइराला, गुठी कार्यालयका प्रमुख लेखनाथ सापकोटालगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही रु ५०५ का दरले दक्षिणा दिनुभएको थियो । अपराह्न ४ बजेर १० मिनेट जाँदा मन्दिर आइपुग्नुभएका राष्ट्रपति ४ बजेर ३० मिनेटमा फर्कनुभएको थियो ।
देवगणहरुले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नु पर्ने राष्ट्रपतिसमक्ष माग गरेका थिए ।
ब्रह्मायणी बन्ने देवगण लक्ष्मीकुमार वनमालाले राष्ट्रपतिसमक्ष गुनासो राखेपछि राष्ट्रपति भण्डारीले पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रीलाई बोलाएर उचित व्यवस्थापन गर्न लगाउने आश्वासन दिनुभएको जानकारी दिनुभयो ।
अर्का देवगण शिवभक्त वनमालाले आठ वर्षको बच्चासमेत पढाइ छाडेर आठ महिनासम्म देवगण बन्नुपर्ने बाध्यता आएकाले सरकारले बच्चालाई पढ्ने व्यवस्था गरिदिनुपर्ने बताउनुभयो ।
नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करिब रु १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको गुनासो पनि उनीहरुले गरेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?