लन्डन । लन्डन सेफर्डबुसमा सञ्चालित नेपाल अथेन्टिक डाइनिङ नामक रेष्टुरेन्टको औपचारिक उद्घाटन गरिएको छ । बिहीबार सांझ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ह्यामरस्मिथ एण्ड फुलहाम मेयर मर्सी उमेय र श्रीमति रितादेवी सिंहले दीप प्रज्वलन र कर्टेन उतारेर रेष्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन् । यसअघि रहेको नेपलिज तन्दुरी रेष्टुरेन्टलाई नै नयां नाम, मेनु, साजसज्जा र व्यवस्थापनसहित सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी ह्यामरस्मिथ एण्ड फुलहाम मेयर मर्सी उमेयले बेलायत नेपाल दौत्य सम्वन्धबारे चर्चा गर्दै रेष्टुरेन्ट सफलताको शुभकामना दिइन् ।
रेष्टुरेन्ट सञ्चालकद्वय ओजेश सिंह र रिसब श्रेष्ठले अढाइ दशक देखि अनुभव संगालेका सेफले बनाएका अथेन्टिक नेपाली खाना उपलव्ध गराउने प्रण गरे । उनीहरुले सहभागी सबै पाहुनाप्रति आभार समेत व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम इमर्ज मार्केटिङले आयोजना गरेको हो भने कार्यक्रम सञ्चालन रुसी श्रेष्ठले गरेकी थिइन् । पाहुनाहरुलाई सगुन स्वरुप समय् बजी, डिनर र जलपान दिइएको थियो । उक्त अवसरमा आर के स्क्वायर ब्याण्डले गीत संगीत प्रस्तुत गरेको थियो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते