काठमाडौँ, २० असोज । गायिका मीरा राणाद्वारा स्वरवद्ध ‘गीत’ र ‘श्री राम भनेर…’नामक दुईवटा गीति सिडी क्यासेट बुधबारदेखि बजारमा आएका छन् ।
‘गीत’ मा ‘माया बढ्दै बढ्दै गयो’, ‘दिन सहेँ रात सहँे’, ‘नशालु रात’, ‘स्वच्छ बनोस् तिम्रो मन’, ‘निद छैन आँखामा’, ‘कहाँ उडे मध्यरातमा’ र ‘सँगै जिउने’ शीर्षकका गीत राखिएको छ । यी गीत निश्प्रभ सजी, नवराज लम्साल, गोपाल योन्जन, रत्नशम्शेर थापा, ज्ञानेन्द्र गदाल र प्रमोद स्नेहीले रचना गर्नुभएको हो । गीतमा न्ह्यू बज्राचार्य, गायिका राणा, दीपक जङ्गम र नारायण वलीले सङ्गीत भर्नुभएको छ ।
‘श्री राम भनेर…’ शीर्षकमा रचिएको क्यासेटमा लक्ष्मण लोहनी, पुरुषोत्तम सापकोटा, सुभाषचन्द्र ढुङ्गेलले विभिन्न गीतको रचना गर्नुभएको छ भने गायिका राणा, गणेश परियार र मनराजा नकर्मीले सङ्गीत भर्नुभएको छ ।
यहाँ बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार नगेन्द्र थापा र कवि तुलसी दिवसले क्यासेटको विमोचन गर्दै गीत, सङ्गीत तथा कलाको माध्यमबाट समाजलाई मनोरन्जनका साथै चेतना प्रदान गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले कला संस्कृतिको सम्मान गर्न सकेमा त्यस क्षेत्रको विकास हुने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा गायिका राणाले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]