बुधबार, कार्तिक १२ २०७७ | Wed, October 28, 2020
नेपालको समय: ०२:२७ | UK Time: 20:42

धुर्मुसले वस्ती निर्माणमा ढिलाइ भएकामा माफी मागे (भिडियो)

वीनेपाली
२०७३ असोज १६ गते ९:४४
dhurmussuntali

धुर्मुस सुन्तली

काठमान्डू । हांस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधिन गिरान्चौर एकीकृत वस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि सो लक्ष्य पुरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् ।

निरन्तरको झरीले काममा निकै बाधा पुरयाएकाले दशैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुःख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दशैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् ।

भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक