
लन्डन । नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो नियुक्तिका अवसरमा शुभकामना दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
शुक्रबार उनले हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दै तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको अनुभव, योग्यता र क्षमता प्रयोग गरी नेपाल र बेलायतबीचको दौत्य सम्वन्ध अझ सुदृढ र सुमधुर बनाउंदै नेपालको आर्थिक सामाजिक विकासमा सहयोग र सद्भावना जुटाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
आफ्नो कार्यकालमा सबैबाट सहयोग प्राप्त हुने आशा उनलाई छ ।
डा. सुवेदीले यस्तो लेखेका छन्ः
हार्दिक आभार र सादर कृतज्ञता
संयुक्त अधिराज्य (बेलायत) का लागि नेपालको राजदूतमा नियुक्ति भएको अवसरमा मलाई बधाई तथा शुभकामना दिनुहुने हजुरहरु सबैमा म हार्दिक आभार र सादर कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
तीस वर्ष लामो नेपाल सरकारको परराष्ट्र सेवाको मेरो अनुभव, योग्यता र क्षमता प्रयोग गरी नेपाल र संयुक्त अधिराज्यबीच रहेको दौत्य सम्बन्धलाई अझ सदृढ र सुमधुर बनाउँदै नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग र सदभावना जुटाउन म सदैव प्रतिवद्ध र प्रयत्नशील रहने छु ।
साथै संयुक्त अधिराज्यमा रहनुहुने सबै नेपाली दाजभाई तथा दिदीबहिनीहरुको हक, हित र कल्याणका लागि प्रतिवद्ध रहँदै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको ज्ञान, सीप र पूँजीलाई नेपालको सर्वाङ्गीण विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्न म क्रियाशील रहनेछु । मलाई हजुरहरु सबैको अमूल्य सुझाव, सहयोग र साथ प्राप्त हुनेछ भन्ने विश्वास गरेको छु ।
आदरपूर्वक,
डा.दुर्गाबहादुर सुवेदी
राजदूत
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा