
सोफिया (बुल्गेरिया), १२ असोज । संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवार उठाउने भएको छ ।
युनेस्कोकी प्रमुख इरिना बोकोभाको सट्टामा बुल्गेरियाले युरोपेली आयोगका उपाध्यक्ष क्रिष्टालिन जर्जीभालाई उठाउने भएको हो ।
“मलाई लाग्छ, उहाँ नै सशक्त उम्मेदवार हुनुहुन्छ” बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको बोरिसोभले एक राज्यस्तरीय बैठकमा भन्नुभयो ।
यही हप्ता सम्पन्न १५ सदस्यीय राष्ट्रिय परिषदको बैठकव्दारा गरिएको अनौपचारिक मतदानमा बोकोभा कमजोर देखिनु भयो । उहाँ बलिष्ठ पाँच जना भित्र पर्नु पर्नेमा छैठौं क्रममा पर्नु भएको थियो ।
बर्तमान राष्ट्रसंघीय प्रमुख दक्षिण कोरियाका वान की मुनलाई विस्थापित गर्न जर्जीभा सक्षम हुने विश्वास गरिएको छ ।
“बोकोभालाई उम्मेदवार बनाउने वातावरण गराउन हामीले अन्तिम समयसम्म संपूर्ण शक्ति र मेहनेत प्रयोग गर्यौं । तर उहाँलाई अन्य देश र अन्य महिला उम्मेदवार नै पछाडी पार्ने भए ।” प्रधानमन्त्री बोरिसोभले भन्नुभयो । महासचिव पदको दौडमा अहिलेसम्म पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनो गट्रेस अग्रपङिक्तमा देखिनु भएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’