
लन्डन । बेलायतको वेल्समा जन्मिएर हाल इंगल्यान्डको ह्याम्पसायरस्थित बेजिंगस्टोकमा बसोबासरत शुभाशिस श्रेष्ठले नर्थ ह्याम्पसायरस्थित माइकल हस्पाइसको सहयोगार्थ ८.५ माइल लामो च्यारिटी वाक गरेका छन् । उनले उक्त पदयात्राबाट एक लाख रुपैयाभन्दा बढि सहयोग रकम संकलन गरेका छन् । गत शनिबार राति १० बजे शुरु भएको उक्त मुनलाइट वाकमा आफ्ना बाबु शिवजी श्रेष्ठसंगै सहभागी शुभाशिसले करिब ३ घन्टामा पुरा गरेका थिए ।
सन् १९९१ मा पूर्व मेयर मार्गरेट वेस्टनको नेतृत्वमा स्थापित सो हस्पाइसमा छोटो आयु भएका अर्थात क्यान्सर जस्ता गम्भीर रोगहरुबाट ग्रसित भइ जीवनको अन्तिम क्षणमा पुगेकाहरुलाई राखिन्छ ।
विगत २५ बर्षदेखि यस्ता रोगबाट पीडितहरुको सेवा गर्दै आएको उक्त संस्थाबाट प्रत्येक वर्ष ५०० भन्दा बढिले सेवा प्राप्त गर्दछन् ।
१२ वर्षीय शुभाशिसले गत बर्ष नेपालमा विनासकारी भूकम्प पीडितहरुको सहयोगार्थ आफू पढेको विद्यालयमा ‘नन युनिफर्म डे’ कार्यक्रम गराएर सहयोग रकम समेत संकलन गरेका थिए । यसका साथै आगामी अक्टोबर १५ मा बेलायतको बेजिंगस्टोकस्थित घरबारबिहीनहरुको सहयोगार्थ काउन्सिलर नाइजल पियर्स नेतृत्वको ‘क्याम्रोज सेन्टर फर होमलेस पिपुल इन बेजिंगस्टोक ’ द्वारा आयोजना गरिएको तथा आफ्ना बुवा शिवजी श्रेष्ठले संयोजन गरिरहेको ‘अ इभिनिंग फ्रम नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले नेपाली गीत गाउने तयारी पनि गरिरहेका छन् ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट