लन्डन । हिजो शुक्रबार (भदौ २४) बाट रिलिज भएको दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित सिनेमा छक्का पन्जा बेलायतको अल्डरसटमा समेत प्रदर्शन गरिने भएको छ । छक्का पन्जा आगामी १७ सेप्टेम्बर सांझ ६ बजे प्रिन्सेस हलमा प्रदर्शन गर्न लागिएको हो ।
आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेका बीरेन्द्र खड्काले नेपालमा प्रदर्शन भएको साता दिनभित्रै बेलायतका नेपाली चलचित्रप्रेमीलाई उक्त चर्चित फिल्म देखाउन लागिएको जनाए । आयोजक समूहका राजेन्द्र गुरुङ, अनिल मल्ल र दीपक खड्का पनि यतिखेर प्रदर्शनको तयारीमा जुटेका छन् ।
दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले रेमिटेन्समाथि निर्भर नेपाली समाजमा त्यसले ल्याएको सामाजिक विचलन पक्ष समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउत लगायत ६० कलाकार छन् ।
यसमा दर्शकलाई पेट मिचिमिची हसाउंन कुनै कसर नराख्ने संवाद प्रशस्तै छन् ।
कलाकार दीपकराज गिरीले फिल्म देशभर नयां रेकर्ड राख्ने क्रममा रहेको जनाउंदै आज शनिबार गोपीकृष्णको ६ वटै हल हाउसफूल भएको उल्लेख गरेका छन् । यसअघि कुनै पनि फिल्म गोपीकृष्णका ६ वटै हल हाउसफूल भएर प्रदर्शन भएको थिएन ।
यो फिल्म निर्माण टोलीले यसअघि बनाएका ६ एकान ६ र वडा नम्बर ६ पनि खुब चर्चित भए । यी दुवै फिल्म बेलायतमा प्रदर्शन भइसकेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश