
सिरिया विद्रोही समूहद्वारा जेनेभा सम्झौताको स्वागत

सिरिया द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन् ।
बेरुत, २५ भदौ । सिरियामा विद्रोह गरिरहेका छाता सङ्गठनले युद्धविराम गराउन रसिया र अमेरिकाबीच भएको सम्झौताको शनिवार स्वागत गरेको छ ।
चाँडै नै घेराबन्दी गर्ने र आक्रमण गर्नेक्रम रोकिएर नागरिकले शान्तिको महसूस गर्न पाउने विश्वास सङ्गठनले गरेको छ ।
“हामी आशा गर्दछौँ की चाँडै नै नागरिकको अग्नि परीक्षा अन्त्य हुने छ,” उच्चस्तरिय वार्ता समितिकी प्रवक्ता बस्मा कोदमनीले भन्नुभयो, “यदी यो युद्धविराम लागु हुने हो भने हामी त्यो सम्झौताको स्वागत गर्दछौँ ।
सिरियामा सन् २०११ सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केहीपछि गएर गृहयुद्धमा परिर्णत भएको थियो । सन् २०११ देखि हालसम्म दुई लाख ९० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसककेको छ ।
यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन्, भने लाखौँ व्यक्ति देशभित्र र बाहिर शरणार्थीका जिवन विताइरहेका छन् ।
मुस्लिम समूदायको महान पर्व इद अल अदाको सुरु हुने लागेको यस अवसरमा युद्धविराम हुन लागेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’