
लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेसले आगामी साता फ्यूनरल प्लान र लाइफ इन्सुरेन्सबारे सेमिनार गर्ने भएको छ ।
यसअघि मोर्गेज र फाइनान्समा बढि केन्द्रित उक्त वित्तिय संस्थाले व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै यसपटक पहिलोपटक नेपाली समुदायमा फ्यूनरल प्लान र ओभर फिफ्टी लाइफ इन्सुरेन्सबारे निशुल्क सेमिनार गर्न लागेको हो ।
मृत्यु कसैले टारेर टर्दैन । शोक सन्तप्त परिवारजनले मृत्युपछि अन्तिम संस्कार सहज र बिना झन्झट गरुन् भन्ने उद्देश्यले एक्सेसले फ्यूनरल प्लानबारे बेलायतस्थित नेपाली समुदायलाई सुसूचित गराउन लागेको उक्त सर्भिसेसका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले जानकारी दिए । ‘अन्तिम संस्कारबारे बेलैमा नसोच्दा पछि देहवसानको पीडामाथि झन् पीडा थपिने भएकाले यसबारे समयमा सोच्न जरुरी छ’, दर्लामीले भने ।
सेमिनार आगामी १६ सेप्टेम्बर शुक्रबार दि भिकारेज हल फार्नबोरोमा हुंदैछ । मद्दत समूहको सहकार्यमा दिउसो साढे एक देखि ४ बजेसम्म हुने उक्त सेमिनारमा दर्लामी, गोल्डेन लिभ्स् फ्यूनरल प्लान्सका जनरल सेल्स म्यानेजर रोबर्ट नोलेज एवं एक्सेसका मोर्गेज एण्ड प्रोटेक्सन एड्भाइजर रमेश सरांगकोटी प्रमुख वक्ता रहनेछन् ।
एक्सेसले दोश्रो सेमिनार आगामी २५ सेप्टेम्बरमा आसफोर्ड केन्टको क्राइष्ट चर्च हलमा गर्दैछ जसको संयोजन सिता पुनले गरेकी छन् ।
त्यस्तै, तेश्रो सेमिनार १५ अक्टोबरका दिन स्वीन्डनमा हुने तय भएको छ । एक्स गोर्खा क्लबको संयोजनमा हुने उक्त सेमिनारका संयोजक जुमबहादुर गुरुङ छन् । एक्सेसको अन्तिम सेमिनार २३ अक्टोबरका दिन पाकिस्तान पार्क हल, लन्डन रोड रेडिङमा
हुंदैछ । अन्तिम सेमिनारको संयोजन राम गलामीले गर्नेछन् ।
उल्लेखित निशुल्क सेमिनारमा यूकेको नियम अनुसार वील (इच्छा पत्र) सम्बन्धि जानकारी प्रदान गर्ने, नेपाली समुदायले बेहोरिरहेको फ्युनरल प्लान सम्बन्धि समस्याको समाधान खोजिने, इयूबाट बेलायत बाहिरिएपछि (बे्रकजिट) बेलायतको परिमार्जित नियमहरु कसरी अवलम्बन गरि घर खरिद गर्ने भन्ने सम्बन्धमा जानकारी दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यसका साथै घर खरिद गरिसकेका नेपालीलाई यूकेको रिमोर्गेज, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स तथा अनिवार्य पालन
गर्नुपर्र्ने नियमहरुको बोध गराउने, आफ्नो सन्ततिहरुलाई कसरी मोर्गेज ल्याडरमा सफलतापूर्वक सहभागी गराउने भन्ने जानकारी दिने पनि सेमिनारको उद्देश्य छ ।
एक्सेसका मोर्गेज एण्ड प्रोटेक्सन एडभाइजर रमेश सराङकोटीले सेमिनारमा बेलायतको परिवेश बमोजिम मोर्गेज प्रोटेक्सन, इन्कम प्रोटेक्सन तथा इन्स्योरेन्सको अपरिहार्यता वर्णन गरिने, नेपाली ब्यवसायीलाई आवश्यक पर्ने कमर्सियल मोर्गेज ब्यवस्था तथा इन्भेष्टर पोर्टफोलियो ब्यवस्थापन कार्यको सुविधा प्रदान गर्ने, फण्ड इन्भेष्टमेन्ट, प्राइभेट पेन्सन फण्ड तथा सरकारबाट दिइने विभिन्न इन्सेन्टिभहरुको जानकारी दिने एवं व्यवसायीलाई आवश्यक पर्ने इम्प्लोएर लाइबिलिटी इन्स्योरेन्सको जानकारी प्रदान गरिने जनाए ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा