लण्डन । युकेमा हुर्कँदै गरेका नेपाली युवापुस्ताले नेपाली नबोल्ने चिन्ता व्यक्त हुँदै गर्दा यहीँ जन्मेकी सात वर्षे परीशा राईले भने नेपालीमै गीत रेकर्ड गराएकी छिन् ।
साहित्यकार मिजास तेम्बेको शब्द रचना र नरेश नातिको संगीतमा उनले ‘ठूलो मान्छे होइन असल मान्छे बन्नु छ’ बोलको गीत गाएकी छिन् । वेल्सको एक रेकर्डिङ स्टूडियोमा परीशाको श्वर रेकर्ड गरी नेपालमा मास्टर रेकर्ड गरिएको सो गीत यसैसाता सार्वजनिक भएको छ ।
इयर तीनमा पढ्ने परीशा सानैदेखि बाबासित नेपाली गीत गाउँथिन् । उनका पिता नरेश नाति राई गीतकार÷संगीतकार हुन् । त्यतिमात्र होइन बाबासितै मादल, पियानो र हार्मोनियम पनि बजाउँछिन् । उनले बजाएको, गाएको क्षणलाई आमा मनु मुकारुङले भिडियो रेकर्ड गरिदिन्थिन् । यसले पनि परीशालाई गीतका शब्दहरु उच्चारण गर्न र रेकर्ड गर्नमा सजिलो बनाइदियो ।
पिता नरेश नाति भन्छन्, “सानैदेखि गाउने, बजाउने, भिडियो रेकर्ड गरेर युट्यूबमा राख्ने गरेकाले परीशालाई खासै गारो भएन । दुई टेकमै रेकर्डिङ भयो ।”
सुर, ताल बुझेकाले पनि परीशालाई थप सहज बनायो । कतिबेला गाउने, कतिबेला रोक्ने, कतिबेला आरोह अवरोह लिने भन्नेमा कुनै समस्या भएन । “बच्चाहरुले छिटो टिप्ने भएकाले पनि त्यति समस्या भएन” नाति भन्छन् ।
गीतलाई वेल्समा नाइजल एभान्सले रेकर्ड गरेका छन् भने नेपालमा विक्रम कार्कीले ।
गोरखा सैनिक नरेश नाति अहिले सैन्य सेवाका क्रममा वेल्सको ब्रेकनमा बस्छन् । उनको रचना, संगीतका गीतहरु सार्वजनिक भइसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने