लण्डन । युकेमा हुर्कँदै गरेका नेपाली युवापुस्ताले नेपाली नबोल्ने चिन्ता व्यक्त हुँदै गर्दा यहीँ जन्मेकी सात वर्षे परीशा राईले भने नेपालीमै गीत रेकर्ड गराएकी छिन् ।
साहित्यकार मिजास तेम्बेको शब्द रचना र नरेश नातिको संगीतमा उनले ‘ठूलो मान्छे होइन असल मान्छे बन्नु छ’ बोलको गीत गाएकी छिन् । वेल्सको एक रेकर्डिङ स्टूडियोमा परीशाको श्वर रेकर्ड गरी नेपालमा मास्टर रेकर्ड गरिएको सो गीत यसैसाता सार्वजनिक भएको छ ।
इयर तीनमा पढ्ने परीशा सानैदेखि बाबासित नेपाली गीत गाउँथिन् । उनका पिता नरेश नाति राई गीतकार÷संगीतकार हुन् । त्यतिमात्र होइन बाबासितै मादल, पियानो र हार्मोनियम पनि बजाउँछिन् । उनले बजाएको, गाएको क्षणलाई आमा मनु मुकारुङले भिडियो रेकर्ड गरिदिन्थिन् । यसले पनि परीशालाई गीतका शब्दहरु उच्चारण गर्न र रेकर्ड गर्नमा सजिलो बनाइदियो ।
पिता नरेश नाति भन्छन्, “सानैदेखि गाउने, बजाउने, भिडियो रेकर्ड गरेर युट्यूबमा राख्ने गरेकाले परीशालाई खासै गारो भएन । दुई टेकमै रेकर्डिङ भयो ।”
सुर, ताल बुझेकाले पनि परीशालाई थप सहज बनायो । कतिबेला गाउने, कतिबेला रोक्ने, कतिबेला आरोह अवरोह लिने भन्नेमा कुनै समस्या भएन । “बच्चाहरुले छिटो टिप्ने भएकाले पनि त्यति समस्या भएन” नाति भन्छन् ।
गीतलाई वेल्समा नाइजल एभान्सले रेकर्ड गरेका छन् भने नेपालमा विक्रम कार्कीले ।
गोरखा सैनिक नरेश नाति अहिले सैन्य सेवाका क्रममा वेल्सको ब्रेकनमा बस्छन् । उनको रचना, संगीतका गीतहरु सार्वजनिक भइसकेका छन् ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा