लण्डन । युकेको अक्सफोर्डमा बसोबास गर्दै आएका पशुपतिनगर, इलामका कवि तथा गीतकार मुकेश राई आफ्नो दोस्रो गीति एल्बम प्रकाशनको तयारीमा लागेका छन् ।
‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झर्यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको प्रशस्त प्रशंसा बटुलेका गीतकार राई चाँडै ‘मनोकाङ्क्षा–२’ लिएर सङ्गीतका पारखीहरुमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकाङ्क्षा’ नामक एल्बमले निकै राम्रो चर्चा प्राप्त गरेको थियो ।
दोस्रो एल्बममा अहिलेका जल्दाबल्दा सङ्गीतकारद्वय ताराप्रकाश लिम्बू र हरि लम्सालको सङ्गीतमा राजेश पायल राई, प्रमोद खरेल, ताराप्रकाश लिम्बू, मिलन अमात्य, मेलिना राई, बानिका प्रधान, अमृता लिम्बू र दीपा लामाको स्वर सुन्न पाइने छ ।
‘अनुभूतिका रङ्गहरु’ नामक कविता कृतिका सर्जक राईका गीतहरुमा देशभक्ति, प्रेम, वियोग र परदेश पीडाका सुस्केराहरु मिहिन रुपमा पोखिएका पाइन्छन् । पूर्व ब्रिटिस गोर्खा समेत रहेका उनका फुटकर रुपमा थुप्रै गीतहरु चर्चित गायक/गायिकाको स्वरमा रेकर्ड भइसकेका छन् ।
जानू काम्बाङ लिङ्देन
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न