
हाङझाउ (चीन), २० भदौ । विश्व अर्थतन्त्रका २० प्रमुख राष्ट्रहरूको समुह ‘जी–ट्वान्टी’ सम्मेलनका शिलशिलामा चीन पुगेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सोमबार भेटवार्ता भएको छ ।
दुई विश्व प्रसिद्ध नेताबीच भएको करिब एक घण्टा लामो भेटवार्ता भएको र यो उहाँहरुबीच वार्ताका लागि अपेक्षा गरिएको समयभन्दा लामो बन्न पगेकोे रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले बताउनुभएको छ ।
उहाँहरुबीच सिरिया र युक्रेन द्वन्द्व समाधानमा रसियाली तथा अमेरिकी पक्षबाट खेल्न सकिने मध्यस्थ भूमिकाका बारेमा छलफल भएको प्रवक्ता पेश्कोभले बताउनुभयो । उहाँले छलफल सकारात्मक रहेको बताउदै सिरिया र युक्रेनबीच देखिदै आएको द्वन्द्व छिट्टै समाधान हुनेमा रसिया आशावादी बनेको बताउनुभयो ।
यसैबीच ,अमेरिकी सञ्चारमाध्यमले ओबामा प्रशासनका अधिकारीलाई उद्घृत गर्दै दुई नेताको वार्ता सिरियामा जारी द्वन्द्व अन्त्य गर्न असफल भएको भए पनि द्वन्द्व अन्त्य गर्ने प्रयास जारी रहने बताएका छन् ।
दुई नेताले आफ्ना उच्च कुटनीतिज्ञलाई छिट्टै (सम्भवत यसै हप्ता) वार्तामा फर्किन आग्रह गरेका दुवै देशका अधिकारील बताएका छन् ।
रसिया तथा अमेरिकाले सिरिया र युक्रेन द्वन्द्व समाधानका लागि यस अघि पनि पहल गरेका थिए तर उक्त प्रयास सफल हुन सकेको थिएन ।
यसै प्रसंगमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुईपक्षबीच अझै धेरै भिन्नता देखिएपनि वार्ताले सफल मोड लिने सम्भावना रहेको बताउनुभएको थियो ।
चीनको पूर्वीशहर हाङझाउमा आइतबार अमेरिकी विदेशमन्त्री जोन केरी र उहाँका रसियाली समकक्षी सर्गेइ लाभरोभबीच भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान पुन बस्नेगरी टुङ्गिएको थियो ।
अमेरिकी विदेशमन्त्री केरीले आइतबार राति एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना भएको बताउनु भएको थियो ।” उहाँले जटिल मुद्दा के हुन् भन्नेबारे केही बताउन चाहनुभएन ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस