मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १४:१९ | UK Time: 08:34

नेपाली मेलामा आउन नसकेपछि लन्डन मेयर सादिक खानले के भने ?

वीनेपाली
२०७३ भदौ १४ गते १०:५६

mp_sadiq_khan

लन्डन । केम्पटन पार्क रेस कोर्समा गत आइतबार भव्य रुपमा सम्पन्न भयो आठौं नेपाली मेला । यसपटक विभिन्न मुलुकका दुई दर्जन हाराहारी कुटनीतिज्ञसहित आठ हजार बढिले मेला अवलोकन गरेको विश्वास छ । तर, लन्डन मेयर सादिक खान भने अति व्यस्तताले मेलामा उपस्थित हुन सकेनन् । आफू आउन नसकेपनि उनले आयोजकलाई निरास भने बनाएनन्, बरु भिडियो सन्देश पठाएर मेलाको सफलताको कामना गरे । उनले लन्डनमा नेपाली समुदायले एकजुट भएर धेरै राम्रो गरेको प्रशंसा समेत गरेका छन् ।

तमुधिं यूके पूर्व अध्यक्ष एवं नेपाली मेलाका संस्थापक सुवसिंह गुरुङको विशेष पहलमा खानले भिडियो सन्देश पठाएका हुन् ।

मेलामा बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आ आफ्ना झांकीमा प्रस्तुत भएर तिनले विभिन्न जातजातीका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक