
पथरी (मोरङ), १४ भदौ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् ।
बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् ।
एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो । उहाँले भन्नुभयो, “बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिन्छ । सो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन् ।
सो क्याम्पसका क्याम्पस प्रमुख डा शुभाष पोखरेलका अनुसार सरकारले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न चासो नदेखाउँदा समस्या भएको छ । उहाँले भन्नुभयो, “हामीले दक्ष जनशक्ति तयार गरिराखेका छौँ सरकारले लगानी गर्न चासो देखाएको छैन ।”
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक