
अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११औँ अटो सो’ मा नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले मङ्गबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीमा राखिएका सवारी साधन । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १४ भदौ । नेपालभर सबै ब्रान्डका मोटरगाडी उपलब्ध गराउने उद्देश्यले अटोमोबाइल्स एसोसियसन अफ नेपाल(नाडा)को ‘११ औँ अटो सो’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।
उक्त प्रदर्शनीको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो । प्रदर्शनीमा ७४ कम्पनीका एकसय २५ कक्ष राखिएका छन् । बर्सेनि आयोजना गर्दै आइरहेको मेलाको उद्देश्य यस क्षेत्रको समग्र विकास र प्रवद्र्धनमा टेवा पुरयाउनु रहेको नाडाका अध्यक्ष अन्जन श्रेष्ठले बताउनुभयो ।
प्रदर्शनीका संयोजक तथा सिप्रदी ट्रेडिङ् प्रालिका कार्यकारी अधिकृत शम्भु दाहालले प्रदर्शनीस्थल अपुग भएकाले सबै व्यवसायीलाई समेट्न नसकेको बताउनुभयो । छ दिनसम्म चल्ने उक्त प्रदर्शनीको ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते