
लन्डन । राताम्मे सारी ब्लाउज, झपक्क गरगहना । लोभलाग्दो नेपाली सांगीतिक माहोल । शनिबार महिलाहरुले भरिभराउ थियो लन्डनस्थित नेपाली दूतावास भवन । दूतावास र नेपलिज वुमन एसोसिएसन यूकेले संयुक्त रुपमा आयोजना गरेको तीज कार्यक्रममा सयौं महिला सहभागी भए । महिलाहरुको मात्र वाहुल्य रहेको उक्त कार्यक्रममा औपचारिकता खासै भएन । कार्यवहाक राजदूत शरदराज आरन र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठले संक्षिप्त मन्तव्यमा महिलाहरुको महान पर्व तीजको शुभकामना दिंदै नेपाली संस्कृतिको जगेर्ना र एकापसमा भेटघाटका लागि कार्यक्रम गरिएको बताए ।
सपन इन्टरटेन्मेन्ट लि.का सपनकुमार राईको डिजे र गीत संगीतमा महिलाहरु मध्यान्ह १२ देखि सांझ ६ बजेसम्म रमाए । प्रसुना कंडेल, प्रतिष्ठा त्रिपाठी, सुस्मिता थापाले एकल र महिलाहरुको समूहले तीज गीतमा धित मरुन्जेल नाचगान गरे । सहभागीलाई दर र पेय पदार्थको समेत व्यवस्था थियो । दूतावास र एसोसिएसनले नै सेलरोटी, खीर, गोलभेंडाको अचार, खशीको मासु आदि नेपाली टिपिकल खाना व्यवस्था गरेका थिए । उक्त अवसरमा राफल चिट्ठा पनि खेलाइएको थियो ।
कार्यक्रममा सैनिक सहचारी कर्णेल प्रदीपजंग केसी, थर्ड सेक्रेटरी भूपेन्द्र प्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायत दूतावास कर्मचारीको पनि सहभागिता थियो ।
तस्विरहरुः शिव भण्डारी
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते