लन्डन । हेल्थ प्रोफेशनलहरुका लागि खुशीको खवर छ । अब डाक्टर, नर्स, फार्मेसिस्ट, डेन्टिस्ट वा विद्यार्थीले एउटा एपको माध्यमबाट विश्वको जुनसुकै कुनामा बसेर पनि अन्तरक्रिया वा स्वास्थ्य जिज्ञासा मेटाउन सक्नेछन् । बेलायतस्थित मेडिक क्रियसन्स् लिमिटेडले ल्याएको मेडिक ब्लीपमार्फत अब डाक्टरले अपरेसन थिएटरबाट, नर्सहरुले अस्पतालको शैया र विद्यार्थीले कक्षा कोठाबाटै सात समुद्रपार कार्यरत स्वास्थ्यवीज्ञसंग जिज्ञासा राख्न अनि समाधान खोज्न सम्भव छ । एउटा कुनामा बसेरै अस्पतालको शैयामा उपचाररत बिरामीबारे अपडेट लिन सकिनेछ ।
वाट्सएप जस्तै लाग्ने यो एपमा समूह समेत बनाउन सकिन्छ । यसबाट एउटै संस्थामा काम गर्ने सहकर्मी सहकर्मीबीच वा प्रवासमा रहेका स्वास्थ्य वीज्ञसंग केही जिज्ञासा वा जानकारी बांड्न सकिने कम्पनीले जनाएको छ ।
हाल यूके, इण्डिया र नेपालमा मात्र सार्वजनिक गरिएको यो एप छिट्टै विश्वका अरु देशमा विस्तार गरिने मेडिक क्रियसन्स् लिमिटेडका प्रवन्ध निर्देशक डा. अशोक बन्सलले जानकारी दिए ।
‘विश्वभर छरिएर रहेका हेल्थ प्रोफेशनलहरु यसबाट लाभान्वित हुन सक्नेछन्’, डा. बन्सलले भने, ‘जस्तैः नेपालको चिकित्सकले अपरेसन थिएटरबाट यूकेमा रहेको चिकित्सकलाई तत्काल म्यासेज गरेर अपरेसनका क्रममा आइपरेको अप्ठेरो सोध्न र समाधान खोज्न सक्छ ।’ उनले नेपालको दुर्गम भेगमा काम गरिरहेका चिकित्सक, नर्स वा अरु स्वास्थ्य पेशेवरहरु यसबाट बढि लाभान्वित हुन सक्ने बताए । बेलायतमा केही नर्सिङ होम सञ्चालन गरिरहेका अवकास प्राप्त चिकित्सक बन्सल केही महिनाअघि बेलायतबाट नेपाल गएको ट्रेड मिसनमा सहभागी थिए ।
यो सुविधा लिन मेडिक ब्लीप डटकममा गएर अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ता गरेको २४ देखि ४८ घण्टा भित्रै निशुल्क सदस्य बन्न सकिनेछ । दर्ता गर्न डाक्टर, नर्सले आफू काम गरिरहेको संस्थाको पत्र, आइडी कार्ड वा शैक्षिक योग्यताको सर्टिफिकेट तथा मेडिकल, नर्सिङ, डेन्टिष्ट्री, फार्मेसी अध्ययनरत विद्यार्थीले आफू अध्ययनरत विश्वविद्यालय वा कलेजको सर्टिफिकेट पेश गरेर दर्ता गर्न सक्नेछन् । यसको सदस्य बन्न नर्सहरुलाई एनएमसी पिन नम्बर दिइरहन आवश्यक पर्दैन् ।
आइफोन र एन्ड्रोयडमा उपलव्ध उक्त एप फ्रि डाउनलोड गर्न सकिन्छ । सुरक्षित, सन्देश प्रवाह छिटो, प्रभावकारी, फोटो सन्देश पनि पठाउन सकिने एवं मेडिक ब्लीपमा भएको कन्भर्सेसन गोप्य रहने डा. बन्सलले बताए । समूहमा कसैले अनावश्यक कुरा गर्न खोजे वा तस्विर हाले उसको सदस्यता खारेज गरिनेछ ।
भिडियो हेर्नुहोस्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु