काठमाडौ“– गायक संगीतकार मदनगोपाल नयां गीतसहित श्रोतामाझ आएका छन् । ‘तिम्रो खबर आएन खै…’ गीत र यसको म्यूजिक भिडियो राजधानीमा हालै सार्वजनिक गरिएको हो ।
पत्रकार पारस नेपालले लेखेको गीत पाकिस्तानी संगीतकार इमाद रहमानले संगीतबद्ध गरेका हुन् । संगीत संयोजन पनि इमादकै हो, जो कराचीमा बसेर संगीतकर्ममा क्रियाशील छन् ।
‘तिम्रो खबर आएन खै…’ गीत मदनगोपालको पांचौ एल्बम ‘तिम्रो खबर’ मा रहनेछ, जुन आउंदो दशैंअगाडि सार्वजनिक हुनेछ । मदनगोपालका यसअघि ‘अलमोस्ट,’ ‘आकृति,’ ‘लक्ष्मी’ र ‘कामिनी’ एल्बम निक्लिसकेका छन् । उनले ‘सांघुरो’, ‘खुडकिलो’ सहित केही फिल्मका गीतमा स्वर तथा संगीत दिएका छन्, बालगीत, भजन, स्वदेशगान लगायत पनि गाएका छन् ।
‘तिम्रो खबर…’ म्यूजिक भिडियोमा अभिनेता भोलाराज सापकोटा, वर्षा शिवाकोटी र केभिन कार्कीले अभिनय गरेका छन् । यसलाई निर्देशन गरेका हुन् सुरजसिंह ठकुरीले ।
‘यसअघिका भन्दा यो गीतमा मदन भाइको स्वरले बढी न्याय गरेको अनुभव भयो,’ गीतकार रोशन भट्टराईले कार्यक्रममा भने । फुटबलका पूर्व राष्ट्रिय खेलाडी हरि खड्काले गीतको सफलताको कामना गरे भने, भोलाराजले म्युजिक भिडियो फिल्मकै हिसाबले बनेकाले श्रोताहरूले रुचाउने बताए । संगीतकर्मी राजीव शाहले उक्त गीत मदनले मनमुटु दिएर गाएको टिप्पणी गरे ।
आफूले उक्त गीत कुरकुरे बैंसमा लेखेको उल्लेख गर्दै पारसले करिब दुई दशकपछि पाकिस्तानी संगीतकारको हातबाट संगीतबद्ध भएर श्रोतामाझ आउनु मीठो संयोग रहेको सुनाए । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक पारस आफैं गाउंछन् पनि । दुई वर्षअघि ‘नालापानी कालापानी’ सिंगल ट्र्याक निकालेका उनको अर्को एल्बम ‘आमा नेपाल’ दशैंअगाडि बजारमा आउंदै छ ।
‘इमाद दुई वर्षअघि काठमान्डु आएका बेला कल्चरल एक्सचेन्जका रूपमा यो गीतको काम सुरु भएको थियो,’ मदनले भने, ‘श्रोताहरूले यसलाई नयां स्वादका रूपमा लिनुहोला भन्ने आशा छ ।’
त्रिविबाट व्यवस्थापनमा स्नातक र शास्त्रीय संगीतमा स्नातकोत्तर मदन राजधानीका चेल्सी इन्टरनेसनल एकेडेमी, ओलम्पिया वल्र्ड हाइयर सेकेन्डरी स्कुल, भीएस निकेतन, माइती नेपाल, नेपाल संगीत विद्यालयमा संगीतसमेत पढाउंछन् ।
गीत यो लिंकमा गएर सुन्न सकिन्छ ः
https://www.youtube.com/watch?v=Z5VEt1pwXTY
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग