लन्डन । बेलायतमा पहिलोपटक आयोजित फिमेल बिकिनी फिटनेश २०१६ प्रतियोगिता जितेपछि बधाइले भ्याइनभ्याइ छ २९ वर्षीया कविता पुनलाई ।
यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले महिलामाझ पहिलोपटक गरेको प्रतियोगितामा विजेता बनेकी थिइन् कविता । ५ फिट ३ इन्च उचाईंकी कविताकोे साइज ६ छ (हेर्नुस् तस्विर) ।
सन् २००८ मा बेलायत आएकी भूपू लाहुरे सुपुत्री कविता स्वीन्डन बस्छिन् । पेशाले नर्स हुन् उनी । ग्रेट वेष्टर्न हस्पिटलमा कार्यरत उनले अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीबाट बीएससी नर्सिङ गरेकी छिन् । दैनिक १२ घण्टा काम गरेर पनि आफ्नो शरीर फिट राखेकी उनी कसरी भ्याउंछिन् फिटनेशमा समय दिन ? भन्छिन्, ‘समय व्यवस्थापन र इच्छा शक्ति नै मुख्य रहेछ ।’
उनी सातामा ५ दिन जिम गएर अभ्यास गर्छिन् । तीन वर्ष भएछ नियमित जिम शुरु गरेको । ‘मिल प्लानमै बढि ध्यान दिन्छु म’, उनले फिट हुनुको राज सुनाइन्, ‘म दिनमा ६ फरक खाना खान्छु । लामो समय भोक खपेर नबसी भोक लागेपछि खाइ हाल्छु । खासगरि ब्राउन राइस, ग्रील चिकेन ब्रेस्ट, ब्रोकोली, भेजिटेबल, स्वीट पोट्याटो, फ्रोजनभन्दा फ्रेस भेजिटेबल बढि र नुन, चिल्लो पिरो कम खान्छु ।’
स्कुल पढ्दा देखि नै भलिवल, बास्केटबल खेल, रनिङ गर्थिन् उनी ।
फिटनेश कम खर्चिलो छैन् तर भित्री सौन्दर्यमात्र होइन, महिला बाहिरबाट हेर्दा पनि राम्रो देखिनुपर्छ भन्ने मान्यता कविताको छ । शुरु शुरुमा कार्डियोमात्र गर्थिन् उनी, पछि हेभी वेट उचाल्ने र अरु कडा अभ्यास थालिन् । ‘मानिसहरु केटी भएर केटा मान्छे जस्तो बडी बनाउनु हुन्न भन्थे तर त्यस्तो होइन । केटाहरुमा हुने हर्मोन बेग्लै हुने भएकाले महिलाहरुले पनि बराबर एक्सरसाइज गर्नुपर्छ’, उनको सुझाव छ । कविता आफ्नी बहिनी सविता पुनका साथ जिम गएर अभ्यास गर्छिन् । सविताले उक्त फिटनेश प्रतियोगितामा रनरअपको उपाधि जितेकी थिइन् ।
कविताले आगामी दिनमा बेलायतको राष्ट्रिय स्तरको फिटनेश प्रतियोगितामा भाग लिने लक्ष्य रहेको बताइन् ।
‘गर्न मन लाग्दा पनि नेपाली सोसाइटीले के भन्ला भन्ने छ’, उनले भनिन्, ‘केटा केटी समान हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’
ज्यादै हेक्टिक छ उनको पर्सनल लाइफ । ‘बाहिर डुल्दिन । काम, जिम, परिवारले नै समय बित्छ । साथीहरु हामीलाई भेट्दैनस् भनेर खुब रिसाउंछन्’, उनी वाध्यता सुनाउंछिन् ।
सबै तस्विरहरुः मिलन तमु
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी