डेनमार्कमा नेपथ्य

01 Nepathya in Copenhagen 01 PR

कोपेनहेगन । नेपालको प्रख्यात लोकरक ब्याण्ड नेपथ्यले यसपालाको आफ्नो युरोप भ्रमणको दोश्रो र अन्तिम प्रस्तुती कोपेनहेगनमा भब्यताका साथ सम्पन्न गरेको छ । प्रविधिको सहयोग र उल्लेख्य दर्शक पाएर यहाँस्थित आमाबियो मा आयोजित कन्सर्टमा स्टेज र दर्शक घेरा अन्तिमसम्म एकापसमा रमाएको थियो । नेपालसँग जोडिएका डेनमार्कका थोरै वासिन्दा र यहाँ बसोबास गर्दैआएका नेपाली दर्शकहरुले हल भरिभराउ देखिन्थ्यो ।

 ‘कस्तो सकारात्मक उर्जाको प्रवाहब्याण्ड र दर्शक बिचको सम्बन्ध गज्जबको थियो’ सन् २००१ देखि चार वर्षसम्म नेपालस्थित डेनमार्कको दुतावासमा चिफ अफ मिशन’ रहेका गर्ट मेनिकीले भने । उनी साथी र परिवारको राम्रै उपस्थितीका साथ कन्सर्टमा आएका थिए ।

पछिल्लो समय नेपाली विद्यार्थीका माझ डेनमार्क लोकप्रिय शैक्षिक गन्तब्य बन्दै आएको छ । यो लोकप्रियतासँगै यहाँ पढ्न आउने विद्यार्थीको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ ।

जुन सहरमा नेपालीहरुको संख्या नै केवल २५ सय हुन्छ त्यस्तो ठाउँमा नेपथ्यजस्तो ब्याण्डको कन्सर्ट आयोजना गर्नु कम्ती चूनौतिपूर्ण हुँदैन,’ आयोजक आइएनएसका तर्फबाट कार्यक्रम संयोजक रविन्द्र खड्का भन्छन्, ‘दोश्रो पुस्ताका नेपाली बढेसँगै हामीले सबैलाई केटाकेटीसमेत लिएर नेपथ्यको कार्यक्रम हेर्न आउन अनुरोध गरेका थियौं जसले गर्दा भावी पुस्ताले विश्व स्तरको हाम्रो आफ्नै ब्याण्डलाई पनि अनुभूत गर्न सकून् ।

 कोपेनहेगनको कार्यक्रम रमाइलोउत्साहजनक र सँधैजस्तो अमृत गुरुङबाट मिल्ने जन्मथलो नेपालको स्थिती वर्णनबाट अघिबढेको थियो । फेरि पनि अमृतले सामाजिक सन्देशहरु सुनाएर दर्शकलाई भावविभोर बनाएका थिए । उनले त्यस अवसरमा सबैलाई आफुजस्तै नेपालका रमणीय डाँडाकाँडा घुम्ने निम्तो पनि बाँडेका थिए । त्यसैगरि आफ्नो परिवार र समाजका निम्ति केहि गर्ने मौका पनि अहिले आइपरेको उनले आव्हान गरेका थिए । उनले कोपेनहेगनको मञ्चबाट नेपालले अहिले बेहोरिरहेको संक्रमणकाल उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई धेरै ढिलो हुनुभन्दा अगावै केहि गरिहाल्न फेरि एकपटक सचेत गराए । विश्वका महत्वपूर्ण स्थानमा पढेलेखेका र संसार देखेका तन्नेरीहरु जाग्नुभन्दा अगावै म हाम्रा नेताहरुलाई सकारात्मक पाइला चाल्न अनुरोध गर्छु,’ अमृतले भने ।

कार्यक्रम सदाबहार नेपथ्यका पुराना हिटहरु छेक्यो छेक्यो’, ‘हिमाल चुचुरे’, ‘रेशम’, ‘तालको पानी’ हुँदै भर्खर रिलिज भएको कोशीको पानी यो जिन्दगानीबाट अघि बढेको थियो । नेपथ्यले आफ्नो शैलीको प्रयोग गर्दै पुनः जागृत गराएको गाउँ गाउँबाट उठ’ र रातो र चन्द्रसूर्य’ पनि यो सूचीमा समावेश थियो ।

कार्यक्रममा उपस्थित हुनुभएका दर्शकहरुले यसलाई मनपराइदिनु भएकोमा असाध्यै खुशी लागेको छ,’ आयोजक रविन्द्रले थपे, ‘उहाँहरु सबैको तर्फबाट धन्यवाद पाएर म र मेरा साथीहरु भावुक भएका छौं ।

कुनै नेपाली साँगीतिक अवसरका निम्ति यति धेरै विविधता बोकेका दर्शकहरु यत्रो संख्यामा एउटै कार्यक्रममा उपस्थित भएको कोपेनहेगनमा आफ्नो यो पहिलो अनुभव रहेको पनि उनले सुनाए । दर्शक उपस्थितीसँगै कार्यक्रम पनि स्तरिय आयोजना गर्न सक्षम भएकामा आयोजक आइएनएसलाई स्थानीय दर्शकहरुले धन्यवाद दिएका थिए ।

निर्धारित समयमै सुरुभएको कार्यक्रम दुइ घन्टासम्म चलेको थियो ।

यसपटक युरोपको दुइवटा प्रस्तुतीसँगै नेपालीहरु थोर थोरै संख्यामा रहेका सहरहरुमा पनि सफल कन्सर्ट आयोजना गर्न सकिँदोरहेछ भन्ने अनुभव प्राप्त भएको छ,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘अब यस किसिमका आयोजनाहरुलाइ निरन्तरता दिने भएका छौं ।

पहिले पनि नेपालका सन्धिखर्कतम्घासफिक्कल जस्ता मसिनो बसोबासको क्षेत्रमा नेपथ्यलाई प्रस्तुत गर्दैआएकामा अब युरोपलगायत विश्वका विभिन्न भागमा समेत यसैगरि थोरै संख्यामा रहेका नेपालीसम्म आफ्नो प्रस्तुती बढाउने श्रेष्ठले जानकारी दिए ।

पहिलो अल्बम रिलिज भएका मितिले नेपथ्य २४ वसन्तमा पाइला हाल्दैछ,’ टोलीका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘मुलुक भित्र र बाहिरका दर्शकहरुबाट पाउँदै आएको माया र हौसलाका निम्ति म आभार प्रकट गर्छु।

आफूले सदैव कति ठूलो दर्शकभन्दा पनि कति धेरै माया पाइरहेको छु भन्ने कुरालाई महत्व दिँदै आइरहेको बेला अब नेपालीहरु फैलिएका स साना घेरामा पुग्ने जानकारीले आफुमा थप उत्साह भरेको पनि अमृतले बताए ।

यो प्रस्तुतीसँगै नेपथ्यको नेपालतर्फको यात्रा सुरुभएको छ जहाँ ब्याण्डले अर्को गीत छिट्टै नै श्रोतादर्शकमाझ ल्याउने योजना बनाएको छ ।

सँधैझैँ कोपेनहेगनको कार्यक्रममा पनि अमृतलाई ड्रमसेटमा ध्रुवकिबोर्डमा सुरजबेस गितारमा सुविनगितारमा निरज र मादलमा शान्तिले साथ दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री