काठमाडौँ, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको छ ।
राप्रपाको दुई दिनदेखि जारी केन्द्रीय कार्यसमितिको निर्णयबारे जानकारी दिन आज यहाँ गरिएको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले बैठकले राप्रपा नेपालसँग पार्टी एकताका लागि सैद्धान्तिक सहमति गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले पार्टी मिलाएर मात्र नपुग्ने भन्दै यसलाई मिलाएर ठूलो शक्ति बनाउने उल्लेख गर्नु भयो ।
अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि राप्रपा नेपाल समानान्तर समितिसँग पार्टी एकीकरण गरेको बताउनुभयो ।
पार्टीका निवर्तमान अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले एकतामा जुटेको बताउनुभयो । समान विचारधारा भएको राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यले एकीकरण भएको उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकता आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो सबैलाई महसुस भएको छ ।”
मङ्गलबार पार्टीको अध्यक्ष बन्नुभएका राणाले आजबाट विधिवत् अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष लोकेन्द्रबहादुर चन्दले खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा