
मोरङको हसन्दहमा बक्राहा खोला बाँध फुटेर जलमग्न बनेको मोरङको हसन्दह गाउँ । खोला गाउँमा पसेपछी २ सय ५० बढी परिवार बिस्थापित भएका छन् । तस्बिर – सुमन घिमिरे, उर्लाबारी (मोरङ), रासस
पाँचथर, ११ साउन । निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् ।
यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन, तानसेन–राम्दी क्षेत्र अन्तर्गतको सडक आज बिहानैदेखि अवरुद्ध बन्न पुगेको छ ।
जिल्लाका दोभान गाविस–१ झुम्सा, सिद्धबाबा, चरचरे, केराबारी, राम्दी नजिकै पीपलडाँडा गाविस अन्तर्गत दुई स्थानमा पहिरो खसेको हो । अविरल वर्षाले सडकमाथिबाट खसेको पहिराले राजमार्गका छेउमा रहेका तीन घर समेत पुरिएका छन् । अन्य चार घर अझै जोखिममा छन् । माटो र ढुङ्गासहित पानी बग्न नरोकिँदा यहाँका अझै चार घर खतरामा नै छन् ।
राति गएको पहिराले सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई बुटवल आवतजावतमा समस्या पैदा भएको छ । दूध, तरकारी लगायत गाउँमा उत्पादित सामान बुटवल लैजाने र बुटवलबाट दैनिक उपभोग्य सामान खरिद गरी ल्याउनेलाई सडक अवरुद्ध हुँदा समस्या पैदा भएको छ ।
बुटवलबाट पाल्पा हुँदै अर्घाखाँची, गुल्मी, बाग्लुङ, स्याङ्जा र पोखरा जाने सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै पाल्पाका ग्रामीण भेगबाट बुटवल जाने सवारी साधन सडक अवरुद्ध हुँदा यात्रु समस्या परेका छन् ।
पटक पटक पाल्पा–बुटवल सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा पहिराले अवरुद्ध गरे पनि यसपालि दोभानको झुम्सा क्षेत्रमा ठूलो पहिराले सडक अवरुद्ध बनाउन पुगेको हो । पहिराले सात घर दलित परिवारलाई घरविहीन बनाएको छ । उनीहरुले अहिले नजिकैको स्थानीयवासीको सहारामा आश्रय लिएको स्थानीयवासी नारायण थापाले बताउनुभयो ।
सडक अवरुद्ध खुलाउन स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बिहानैदेखि खटिए पनि आज साँझसम्म बाटो खुलाउन समस्या रहेको स्थानीयवासीले बताएका छन् । पहिरो अझै रोकिएको छैन । आज साँझसम्म पनि सडक खुल्ने छाँट नभएको स्थानीय बासिन्दा नारायण थापाले बताउनुभयो ।
ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यका अनुसार सिद्धार्थ राजमार्ग खुलाउन तीन डोजर प्रयोगमा आएको छ । सिद्धबाबा क्षेत्रमा एउटा तथा चरचरे र पीपलडाँडा क्षेत्रमा एउटा डोजरको प्रयोग गरी स्थानीय प्रशासनले सडक खुलाउन पहल गरिरहेको छ ।
बर्दिबास, ११ साउन । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ ।
बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हतिसर्वा र सिङ्ग्याही सहितका गाविसमा साउने सङ्क्रान्तिका दिनदेखि सुरु भएको सघन वर्षासँगै रातु नदीमा आएको बाढीले सयौँ बिघा उर्वर जग्गा कटानसँगै ५० बिघाभन्दा बढीको बाली नोक्सान गरेको किसानले बताएका छन् ।
खासगरी गत आइतबार रातिदेखि परेको मुसलधारे पानीसँगै आएको बाढीले नदीका दुई किनारमा यसपालि बनाइएको कच्ची बाँध तोडेर जग्गा कटान र बाली नोक्सान गरेको किसानको भनाइ छ । बर्खा सुरु भएपछि गत असार अन्त्यतिर बाँधिएको बाँध आइतबार रातिको बाढीले फुटाउँदा आफ्नो गाविसमा मात्र सय बिघा उर्वर जग्गा कटान भएर बगरमा परिणत भएको पशुपतिनगरका पूर्वअध्यक्ष नथुनी महतोले बताउनुभयो ।
पशुपतिनगर– ४, ६, ७, ८ र ९ का घर घरमा बाढी पसेर उत्पात मच्चाएको पूर्वअध्यक्ष महतोको भनाइ छ । पशुपतिनगरमा १५० बिघाभन्दा बढीमा लगाइएको उखु, तरकारी र बगैँचा समेत बाढीले बगर बनाएको किसानले बताएका छन् ।
त्यसैगरी बिजलपुराको भेडिहारी र जुडीटोल, भङ्गाहाको पलार, टोका र रामनगरसहितका बस्तीमा बाढी पसेको छ । आइतबार रातिको बाढीले आफ्नो गाविसको ५० बिघा जग्गा कटान गरेर ३० बिघाभन्दा बढीको बाली नोक्सान गरेको भङ्गाहा–३ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले बताउनुभयो । आइतबार राति हतिसर्वाका १ र ५ तथा सिङ्ग्याहीका ३, ४, ६ र ९ नं वडामा बाढी घरघरै पसेर ताण्डव मच्चाएको जिविसका पूर्वसदस्य विष्णुनारायण पञ्जियारले बताउनुभयो ।
सिङ्गै हिउँद त्यत्तिकै कटाएर बर्खा लागेपछि बर्दिबास र पशुपतिनगरमा रातु नदीमा बाँधिएको बाँधको माटो खुकुलो भएकाले बाढीले सजिलै भत्काउँदा ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।
बाँध भत्केकाले अब आउने बाढीले बस्तीका घर सजिलै लडाउने स्थिति देखिएको पशुपतिनगर–६ दलित बस्तीका महेश्वर राम बताउनुहुन्छ । प्रजिअ वीरेन्द्रकुमार यादवले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको समन्वयमा बचाउ कार्य तत्काल सुरु गरिने जानकारी दिनुभयो ।
नेपालगन्ज, ११ साउन । बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ ।
राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अत्यन्त तीव्रताका साथ अघि बढिरहेको जनाइएको छ ।
जिल्लाका होलिया, बेतहनी, गङ्गापुर, मटेहिया, फत्तेपुर गाविसका प्रायःजसो सबै भागमा नदीको पानी पसेको छ । त्यस क्षेत्रका नागरिक सुरक्षित अग्लो स्थानको खोजीमा घर छाडेर हिँडेका छन् । “हामीले सुरक्षित स्थानतर्फ जान त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेका छौँ । बाढी पूर्वसूचनाको साइरन पनि बजाएका छौँ”—प्रजिअ रविलाल पन्थले बताउनुभयो ।
यसैगरी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका विभिन्न समूहलाई समेत तयारी अवस्थामा राखिएको छ ।
राजविराज, ११ साउन । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको कोइलाडी बर्साइनस्थित जिता खोलामा आएको बाढीले आज एक कर्मचारीलाई बगाएको छ ।
मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनीमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादवलाई बाढीले बेपत्ता बनाएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
हनुमानगरस्थित फोरवाड संस्थामा कार्यरत २३ वर्षीय यादव उक्त संस्था मार्फत कोइलाडी बर्साइनमा रकम असुल्नका लागि जाने क्रममा जिता खोलाले बगाएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ