
लन्डन । लन्डनस्थित विश्वविख्यात लर्डस क्रिकेट मैदानमा मंगलबार भएको एमसीसीसंगको मैत्रीपूर्ण खेल नेपालले ४१ रनले जितेको छ ।
२१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो ।
खेलमा नेपालका सागर पुन र वसन्त रेग्मीले ३, ३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १, १ विकेट लिए । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा जुरेको यो साइत नेपाली क्रिकेटमा इतिहास रच्न सफल भएको छ । खेल समापनपछि आयोजित रिसेप्सनमा वीनेपालीसंग कुरा गर्दै नेपाली क्रिकेट क्याप्टेन पारस खड्काले जितसंगै आफूहरुको आत्मविश्वास बढेको बताए । उनले नेदरल्याण्डमा अगष्ट दोश्रो साता हुने खेलका लागि राम्रो अभ्यास गर्ने मौका मिलेको बताए । ‘लर्डसमा खेल्न पाउनु हाम्रो लागि सपना जस्तै थियो, त्यो पुरा भयो । यसले नेपाली क्रिकेटलाई विश्वभर चिनाउन सफल पनि भएको छ,’ खड्काले भने ।
एमसीसीसंगको खेलमा नेपाली टिमले खासै दवाव महशुस गर्न नपरेको खेलाडी सागर पुनले सुनाए । ‘बलिङ, फिल्डिङ सबै राम्रो भएकाले जितिन्छ भन्ने शुरु देखि नै विश्वास थियो’, सागरले भने, ‘यूकेमा भएका पांच वटै प्राक्टिस म्याच जितेकाले आगामी खेल जुन नेदरल्याण्डसमा हुंदैछ, त्यसमा राम्रो प्रदर्शन गर्ने विश्वास छ ।’
उता, प्रशिक्षक जगत टमाटा पनि जितले दंग छन् । उनले लर्डसमा नेपालले खेल्न पाउनु सपना जस्तै रहेको जनाउंदै नेपाली खेलाडीले मंगलबार राम्रो खेलेका र जितले विश्वभर नेपालीले पनि राम्रो खेल्न सक्छन् भन्ने सन्देश दिएको बताए । ‘नेदरल्याण्डससित हुने खेलको तयारीका क्रममा हामी यूके आएका थियौं । यूके र नेदरल्याण्डसको खेल, मैदान, हावापानी उस्तै उस्तै भएकाले हाम्रो लागि यो राम्रो तयारी गर्ने मौका भयो’, टमाटाले भने ।
मंगलबार खेल अवधिभर खेलाडीले नेपालीको हुटिङले थप हौसला पाइरहे । लन्डनको ३२ डिग्री तापक्रमको गर्मी वास्ता नगरि नेपाल अंकित जर्सी लगाएर करिब आठ हजार दर्शक खेल हेर्न लर्डस पुगेका थिए । क्रिकेट खेल नबुझे पनि नेपाल टिमलाई सपोर्ट गर्न मैदान पुग्ने धेरै थिए । ति मध्ये एक हुन् चाल्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे । स्कटल्याण्ड, वेल्स, फोकस्टोन, पिटरबरो, लिभरपुल, प्लमस्टिड, रेडिङ लगायत टाढा टाढाबाट दर्शक खेल हेर्न लर्डस ओइरिएका थिए । खेल व्यवस्थित बनाउन करिब एकसय २० जना स्वयंसेवक खटाइएको थियो ।
उक्त अवसरमा प्रथम नौमति बाजा र गोर्खा ब्रिगेडको धुन पनि आकर्षण बनेको थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग