
लन्डन । लन्डनस्थित विश्वविख्यात लर्डस क्रिकेट मैदानमा मंगलबार भएको एमसीसीसंगको मैत्रीपूर्ण खेल नेपालले ४१ रनले जितेको छ ।
२१८ रनको लक्ष्य लिएर आएको एमसीसी ४७.२ ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो ।
खेलमा नेपालका सागर पुन र वसन्त रेग्मीले ३, ३, सोमपाल कामीले २ तथा शक्ति गौचन र सन्दीप लामिछानेले १, १ विकेट लिए । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा जुरेको यो साइत नेपाली क्रिकेटमा इतिहास रच्न सफल भएको छ । खेल समापनपछि आयोजित रिसेप्सनमा वीनेपालीसंग कुरा गर्दै नेपाली क्रिकेट क्याप्टेन पारस खड्काले जितसंगै आफूहरुको आत्मविश्वास बढेको बताए । उनले नेदरल्याण्डमा अगष्ट दोश्रो साता हुने खेलका लागि राम्रो अभ्यास गर्ने मौका मिलेको बताए । ‘लर्डसमा खेल्न पाउनु हाम्रो लागि सपना जस्तै थियो, त्यो पुरा भयो । यसले नेपाली क्रिकेटलाई विश्वभर चिनाउन सफल पनि भएको छ,’ खड्काले भने ।
एमसीसीसंगको खेलमा नेपाली टिमले खासै दवाव महशुस गर्न नपरेको खेलाडी सागर पुनले सुनाए । ‘बलिङ, फिल्डिङ सबै राम्रो भएकाले जितिन्छ भन्ने शुरु देखि नै विश्वास थियो’, सागरले भने, ‘यूकेमा भएका पांच वटै प्राक्टिस म्याच जितेकाले आगामी खेल जुन नेदरल्याण्डसमा हुंदैछ, त्यसमा राम्रो प्रदर्शन गर्ने विश्वास छ ।’
उता, प्रशिक्षक जगत टमाटा पनि जितले दंग छन् । उनले लर्डसमा नेपालले खेल्न पाउनु सपना जस्तै रहेको जनाउंदै नेपाली खेलाडीले मंगलबार राम्रो खेलेका र जितले विश्वभर नेपालीले पनि राम्रो खेल्न सक्छन् भन्ने सन्देश दिएको बताए । ‘नेदरल्याण्डससित हुने खेलको तयारीका क्रममा हामी यूके आएका थियौं । यूके र नेदरल्याण्डसको खेल, मैदान, हावापानी उस्तै उस्तै भएकाले हाम्रो लागि यो राम्रो तयारी गर्ने मौका भयो’, टमाटाले भने ।
मंगलबार खेल अवधिभर खेलाडीले नेपालीको हुटिङले थप हौसला पाइरहे । लन्डनको ३२ डिग्री तापक्रमको गर्मी वास्ता नगरि नेपाल अंकित जर्सी लगाएर करिब आठ हजार दर्शक खेल हेर्न लर्डस पुगेका थिए । क्रिकेट खेल नबुझे पनि नेपाल टिमलाई सपोर्ट गर्न मैदान पुग्ने धेरै थिए । ति मध्ये एक हुन् चाल्टन नेपाली समाजका अध्यक्ष रोमनाथ पाण्डे । स्कटल्याण्ड, वेल्स, फोकस्टोन, पिटरबरो, लिभरपुल, प्लमस्टिड, रेडिङ लगायत टाढा टाढाबाट दर्शक खेल हेर्न लर्डस ओइरिएका थिए । खेल व्यवस्थित बनाउन करिब एकसय २० जना स्वयंसेवक खटाइएको थियो ।
उक्त अवसरमा प्रथम नौमति बाजा र गोर्खा ब्रिगेडको धुन पनि आकर्षण बनेको थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण