
काठमाडौँ, २० असार । नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न रु सात अर्ब बजेट माग गरेको छ ।
सो मागमध्ये सेनालाई रु तीन अर्ब र अर्को रु तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।
यस रकमबाट सेनाले हेर्दैआएको सो क्षेत्र (विपद् व्यवस्थापन)मा ४३ प्रतिशत क्षमतामात्र अभिवृद्धि हुने उसले जनाएको छ । उसले आफूले माग गरेअनुसार बजेट निकासा भएमा आइपर्ने जुनसुकै विपद्सम्बन्धी चुनौतीलाई तत्काल सामना गर्न सक्ने स्पष्टसमेत पारेको छ ।
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री प्राकृतिक प्रकोपको व्यवस्थापनमा नेपाली सेनाका कार्यका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो ।
निकासा भएकामध्ये सेनाले आफ्नो हवाई, इञ्जिनियरिङ, मेडिकल, जमिनी पारवहनजस्ता क्षेत्रमा खर्च गर्ने छ । तत्काल उसले तीन वटा साना हेलिकप्टर थप गर्न लागेको जनाइएको छ ।
सेनाले विपद् व्यवस्थापन, जनताको जीउधनको सुरक्षा र राष्ट्र विकासका लागि सरकारको निर्देशन बमोजिम परिचालन हुनसक्ने गरी चौबिसैघन्टा तयारी अवस्थामा रहेको पनि सो जानकारीपत्रमा उल्लेख छ ।
जानकारीपत्रमा सेनाले विपद्को समयमा परिचालन हुने सबै सुरक्षा निकायबीचको सूचनाको आदान प्रदान गर्न जङ्गी अड्डामा संयुक्त सञ्चार केन्द्र स्थापना गर्न, काठमाडौँ जोड्ने वैकल्पिक सडकको निर्माण तथा मर्मत कार्य पूरा गर्न र मनसुन पूर्व नै यसबाट आउने खतरासँग मुकाबिला गर्न तयारी अवस्थामा रहन सुझावसमेत दिएको छ ।
सेनाले बाढी पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोपका खोज, उद्धार तथा राहतमा ६५ हजार परिचालन हुन सक्ने जानकारी दिएको छ ।
यसैगरी क्षेत्रीय र स्थानीय तहमा सडक विभागसँग समन्वय गरी सम्भावित स्थानमा डोजर र एक्साभेटरहरु तयारी हालतमा राख्न निर्देशन दिइएको छ भने डुबान तथा पहिरो गएका क्षेत्रमा हेलिकप्टर÷डुङ्गाबाट जोखिममा रहेका व्यक्तिलाई उद्धार गर्र्ने व्यवस्था सेनाले मिलाएको छ ।
वीरेन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । साथै १५ स्थानमा फिल्ड एम्बुलेन्सलाई चिकित्सकसहित तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते