काठमाडौँ, १७ असार । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका याङ्ग्री र लार्केको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।
मेलम्चीको पानी काठमाडौँ ल्याउन बनाइएको २७ किमी सुरुङबाटै याङ्ग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । २७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट याङ्ग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको काम सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले राससलाई जानकारी दिनुभयो ।
याङ्ग्री र लार्केको सुरुङ निर्माण भएपछि उपत्यकामा थप ३४ करोड लिटर पानी आउने समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ आइपुग्न जम्मा रु २३ अर्ब खर्च लाग्ने हिसाब निस्किएको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।
सुरुङको प्रवेश मार्ग निर्माणका लागि सिन्धुपाल्चोकमा ४५ किमी सडक निर्माण र ३० किमी सडकको स्तरोन्नति एवम् सामाजिक उत्थान कार्यक्रमको समेत गरी यो लागत निस्किएको हो । रु एक अर्बको आयोजनाले जग्गा नै किनेको थियो ।
हाल साढे १७ किमी सुरुङ निर्माण भइसकेको छ । पछिल्लो समय सुरुङमा कमजोर चट्टान आएकाले काम केही ढिला भए पनि विसं २०७४ जेठदेखि असारसम्म सम्पन्न गरिसकिने समितिको प्रतिबद्धता छ ।
सुरुङभित्रका काम सम्पन्न गरी विसं २०७४ को दसैँमा पानी धारामा खसालिने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त