काठमाडौँ, १७ असार । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका याङ्ग्री र लार्केको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।
मेलम्चीको पानी काठमाडौँ ल्याउन बनाइएको २७ किमी सुरुङबाटै याङ्ग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । २७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट याङ्ग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको काम सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले राससलाई जानकारी दिनुभयो ।
याङ्ग्री र लार्केको सुरुङ निर्माण भएपछि उपत्यकामा थप ३४ करोड लिटर पानी आउने समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ आइपुग्न जम्मा रु २३ अर्ब खर्च लाग्ने हिसाब निस्किएको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।
सुरुङको प्रवेश मार्ग निर्माणका लागि सिन्धुपाल्चोकमा ४५ किमी सडक निर्माण र ३० किमी सडकको स्तरोन्नति एवम् सामाजिक उत्थान कार्यक्रमको समेत गरी यो लागत निस्किएको हो । रु एक अर्बको आयोजनाले जग्गा नै किनेको थियो ।
हाल साढे १७ किमी सुरुङ निर्माण भइसकेको छ । पछिल्लो समय सुरुङमा कमजोर चट्टान आएकाले काम केही ढिला भए पनि विसं २०७४ जेठदेखि असारसम्म सम्पन्न गरिसकिने समितिको प्रतिबद्धता छ ।
सुरुङभित्रका काम सम्पन्न गरी विसं २०७४ को दसैँमा पानी धारामा खसालिने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते