
काठमाडौँ, १६ असार । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाउनुभयो ।
उहाँले ती संस्था अवैध ढङ्गले सञ्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै निकायलाई अनुरोध समेत गर्नुभयो । यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको सङ्घको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको सङ्घले आरोप लगाएको छ ।
सङ्घले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था विपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।
कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हकहितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने सङ्घको भनाइ छ । मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त