काठमाडौँ, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माण र अफगानिस्तान घटनाका विषयमा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्नु हुनेभएको छ ।
आज दिउँसो २ बजे बस्ने सदनको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने उपप्रधानमन्त्री भीम रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागका विषयमा सहमति भएपछि अवरुद्ध सदन सुचारु हुन लागेको हो । सो माग पूरा गराउन नेकाले सदन अवरुद्ध गराउँदै आएको छ ।
आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेष कारण आजै २ बजेसम्मका लागि सूचना टाँस गरी स्थगन भएको थियो ।
प्रमुख प्रतिपक्षी दलको सो मागका सम्बन्धमा गठित कार्यदलको बैठकमा भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु एक लाख ५० हजार दिने र रु ५० हजार किस्ताबन्दीमा दिने सहमति भएको उपप्रधानमन्त्री रावलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकाका सभापति शेरबहादुर देउवासहित कार्यदलको बैठक बसेको थियो ।
कार्यदलमा कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहनुभएको छ ।
यसैगरी सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर महरा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी रहनुभएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त