
ब्युनर्स आयर्स, १४ असार । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो मेक्रीका र महान फुटबलर डिएगो म्याराडोनाले लियोनल मेसीलाई सोमबार भएको कोपा कप फुटबलको प्रथम स्थानका लागि भएको चिलीसंगको खेलमा अर्जेन्टिनाको निराशाजनक हारपछि राष्ट्रिय फुटबल टिमबाट नखेल्ने गरी लिएको निर्णय फिर्ता लिन आग्रह गर्नुभएको छ ।
अर्जेन्टिनी फुटबल टिमका क्याप्टेन तथा बार्सिलोनाका सुपरस्टार फुटबलर मेसीले हारपछि सन्यासको घोषणा गर्नुभएको थियो ।
प्रथम स्थानका लागि भएको प्रतिस्पर्धामा मेसीको पेनाल्टी सुट गोलपोस्टको केही माथिबाट गएपछि आँखाभरी आशु लिई मैदानबाट बाहिरिएका सुपरस्टार मेसीले सन्यासको घोषणा गर्नुभएको भए पनि उहाँलाई राष्ट्रिय टिमलाई अझै केही वर्ष नेतृत्व दिन अर्जेन्टिनी खेलप्रेमीलगायत विश्वभरका उहँका शुभचिन्तकले आग्रह गरेका हुन् ।
म्याराडोनाले प्रतिभाशाली फुटबलर मेसीलाई खेलबाट सन्यास लिन दिन नहुने बताएको नासियोन अनलाइन पत्रिकाले बताएको हो । “मेसी विश्व च्याम्पियन बन्न रसिया जाने छन्,” उक्त पत्रिकाले म्याराडोनाको शब्दलाई उद्धृत गर्दै जनाएको छ ।
मेसी भर्खर २९ वर्ष पुगेका विश्व चर्चित फुटबल खेलाडी भई बार्सिलोनाका तर्फबाट विभिन्न उपाधि जित्न सफल भए पनि अर्जेन्टिनाले भने उनको नेतृत्वमा अहिलेसम्म विश्व च्याम्पियनको उपाधि हासिल गर्न सकेको छैन ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त