इस्तानबुल, १५ असार । टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझपख भएको आतङ्ककारी हमलामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ ।
उक्त विमानस्थलमा आत्मघाती हमला भएको हो । सो शक्तिशाली विस्फोटमा परी मारिनेमा केही विदेशीहरु पनि परेका बताइएको छ ।
सो विस्फोट स्तानबुलको अतातुर्क विमानस्थलमा भएको थियो । सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।
तर पनि टर्कीका सुरक्षा अधिकारीहरुले भने सो आक्रमणमा इस्लामिक स्टेट्स, आइएसको हात रहेको जनाएका छन् ।
विमानस्थलको प्रस्थान कक्षलाई लक्ष गरेर उनीहरुले बम हमला गरेका थिए । सो स्थानमा धेरै मानिस रहेकोले उनीहरुले हमलाको निशाना बनाएका बताइएको छ ।
टर्कीका सुरक्षा अधिकारीहरुले आतङ्ककारीहरुले सो आक्रमण तीन वटा रहेको जनाएका छन् । तीन जना नै आत्मघाती रहेका थिए ।
उक्त प्रस्थान कक्षमा बम विस्फोट गराएसँगै बन्दुकले हमला पनि गरेका थिए । सो हमलामा परी मारिनेमा उडानका लागि त्यहाँ पुगेका स्वदेशी र विदेशी नागरिक रहेका छन् ।
त्यस आक्रमणमा परी करिब ८८ जना नागरिक घाइते भएका छन् । अधिकांश घाइतेको अवस्था अत्यन्तै नाजुक रहेको जानकारी दिइएको छ ।
मारिनेमा विदेशी नागरिक पनि परेका छन् । ती सबैको सनाखत भइसकेको छैन । मारिनेमा दुई जना प्रहरी अधिकारी पनि परेका छन् ।
उक्त विमानस्थलबाट प्राप्त र सामाजिक सञ्लालहरुमा व्यापक मात्रामा राखिएका फुटेजहरुमा आक्रमणकारीले कालो माक्स मुखमा लगाएर मान्छेको भिडतर्फ दौडिएको देखिएको छ ।
विमानस्थलको प्रस्थान कक्षमा ती आक्रमणकारीले लक्ष बनाएको देखिएको छ । टर्की र विश्वका टेलिभिजनहरुले आक्रमणबाट कालै भएको र धुवाँ पुत्ताएको विमानस्थलको प्रस्थान कक्षका दृश्यहरु देखाइरहेका छन् ।
आइएसको संलग्नता – प्रधानमन्त्री
यसैबीच सो आक्रमणमा आतङ्ककारी सञ्जाल आइएसको संलग्नता रहेको जानकारी टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जानकरी दिनुभएको छ । उहाँले सो घटनास्थल र प्रारम्भिक रुपमा प्राप्त भएको सूचनाका आधारमा सो आक्रमणमा आइएसको हात रहेको अनुमान गरिएको बताउनुभएको हो ।
उहाँले भन्नभयो– यसम आइएसको सम्लग्नताका केही प्रमाणहरु भेटिएका छन् र उनीहरुको निर्देशन र सम्लग्नतामा यो हमला भएको हुनसक्छ ।
उता टर्कीको राष्ट्रपति रिसिप तैइब एर्दाेगानले यस्तो आतङ्कवादका विरुद्धमा लड्न विश्वका देशहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले आतङ्कवादीहरुका विरुद्धमा विश्वका सबै देशहरु एकजुट हुन आवश्यक रहेको मङ्गलबार बिहान गर्नुभएको सम्बोधनका क्रममा बताउनुभएको समाचारमा जनाइएको छ ।
सुरक्षा परिषदद्वारा निन्दा
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले टर्कीमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।
उक्त परिषदको मङ्गलबार बसेको बैठकले टर्कीमा मङ्गलबारै भएको आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ ।
आत्मघाती बम हमलाकारीले उक्त टर्कीको एक विमानस्थलमा गरेको हमलामा परी ३६ जनाको ज्यान गएको छ । त्यसमा परी अरु ८८ जना नराम्ररी घाइते भएका छन् । आतङ्कवादी क्रियाकलापबाट गर्ने गरिएका सबै प्रकारका काम कारबाही कुनै पनि हिसाबले क्षम्य नहुने भन्दै दोषीहरु कुनै पनि हालतमा उम्किन नपाउन भनेर टर्कीले काम गर्नुपर्नेमा उक्त परिषदले जोड दिएको छ ।
सोमबार बिहान भएको सो आत्मघाती हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन ।
उक्त क्षेत्रमा सिरियामा गएका करिब पाँच वर्षदेखि जारी रहेको हिंसाको क्रममा कैयौँ पटकसम्म आक्रमण र हत्याका काम भएका छन् ।
महासचिब बानद्वारा निन्दा
यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले उक्त हमलाको निन्दा गर्नुभएकोछ । टर्कीको राजधानी इस्तानबुलमा भएको सो आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।
यसरी मानव हत्यामा उत्रिएका आतङ्ककारीलाई कुनै पनि हालतमा कानुनी कारबाहीको दायरामा ल्याइनुपर्नेमा उहाँले जोड दिनुभयो । महासचिव बानले आतङ्ककारीका विरुद्धमा लड्नका लागि टर्कीलाई जेजस्तो सहयोगका लागि पनि राष्ट्र सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
पाकिस्तानी प्रधानमन्त्रीको निन्दा
यसैबीच सो आक्रमणको पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले पनि निन्दा गर्नुभएको छ । उहाँले यस दुःखद घडीमा आफू टर्कीको सरकार र त्यहाँको जनताको साथमा रहेको पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शरिफले भन्नुभयो– आतङ्कवादको पीडा हामीलाई थाहा छ र हामी पाकिस्तानी जनताले पनि यसको पीडाबाट गुज्रिएका छौँ, यस्तो अवस्थामा धैर्यताका साथ रहन सबै टर्कीस् जनतालाई आग्रह गर्दछु ।
उहाँले सो आक्रमणमा परी ज्यान गुमाउने सबै नागरिकप्रति श्रद्धाञ्जली पनि अर्पण गर्नुभएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त