
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच दाहाल निवास लाजिम्पाटमा मङ्गलबार भेटवार्ता हुँदै । तस्बिर ः अध्यक्ष दाहालको सचिवालय, रासस
काठमाडौँ, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।
दाहाल निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभएको थियो ।
भेटका क्रममा अष्ट्रेलियाली राजदूतले अष्ट्रेलिया भ्रमण स्थगन गर्नुभएको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो स्थिति नभएको तथ्य अवगत गराउनुभएको थियो । उहाँले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र त्यस क्रममा कुनै समस्या रहेको नपाएको तथ्य राजदूत ह्वाइटले जानकारी गराउनुभएको थियो ।
आफू मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको प्रस्ट पार्दै अध्यक्ष दाहालले उचित समयमा भ्रमण तय गरिने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक विकास प्रक्रिया सहज रुपमा अगाडि बढाउन आफू प्रयासरत रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले भूकम्पपछिको पुनःनिर्माणमा अष्ट्रेलिया सरकारले पुरयाइआएको सहयोगप्रति धन्यवाद पनि दिनुभएको थियो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त