
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच दाहाल निवास लाजिम्पाटमा मङ्गलबार भेटवार्ता हुँदै । तस्बिर ः अध्यक्ष दाहालको सचिवालय, रासस
काठमाडौँ, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।
दाहाल निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान कार्यान्वयनका बारे छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न, मधेसी, थारु जनजातिलगायतको माग सम्बोधन गर्न र भूकम्पपछिको पुनःनिर्माण कार्यलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन आवश्यक रहेको अध्यक्ष दाहालले बताउनुभएको थियो ।
भेटका क्रममा अष्ट्रेलियाली राजदूतले अष्ट्रेलिया भ्रमण स्थगन गर्नुभएको विषयमा चासो राख्दै सञ्चारमाध्यममा आए जस्तो स्थिति नभएको तथ्य अवगत गराउनुभएको थियो । उहाँले आफू नियमित रुपमा सरकार, प्रहरी प्रशासन र महान्यायाधिवक्ताको सम्पर्कमा रहेको र त्यस क्रममा कुनै समस्या रहेको नपाएको तथ्य राजदूत ह्वाइटले जानकारी गराउनुभएको थियो ।
आफू मुलुकको राजनीतिक अवस्था र पार्टी कामकै कारण तत्काल अष्ट्रेलिया भ्रमणमा जान नसकेको प्रस्ट पार्दै अध्यक्ष दाहालले उचित समयमा भ्रमण तय गरिने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक विकास प्रक्रिया सहज रुपमा अगाडि बढाउन आफू प्रयासरत रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले भूकम्पपछिको पुनःनिर्माणमा अष्ट्रेलिया सरकारले पुरयाइआएको सहयोगप्रति धन्यवाद पनि दिनुभएको थियो ।
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन