
काठमाडौँ, १३ असार । वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्ने समेत थाहा नहुने एक अध्ययनले बताएको छ ।
महिला र कानुन मञ्चद्वारा यहाँ आज आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिवक्ता विमला खड्काले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने तीन प्रतिशतलाई मात्र आफू जाने देश र गर्ने कामका बारेमा जानकारी हुने बताउनुभयो । अध्ययन अनुसार आठ प्रतिशतलाई आफूले पाउने तलबका बारेमा जानकारी हुन्छ भने बाँकी सो जानकारीबिना नै विदेश जाने गरेका छन् । झन्डै तीन महिना लगाएर गरिएको अध्ययनमा विदेश जाने ७१ प्रतिशत काठमाडौँ उपत्यका बाहिरका तथा बाँकी उपत्यकाबाट जाने गरेको पाइएको छ ।
त्यसैगरी पछिल्लो समय मानव बेचबिखन र मनोरञ्जनका लागि मात्र नभई नेपालीहरु शरीरका महत्वपूर्ण अङ्ग झिकाउन, बेचबिखन गर्न, घरेलु काम, धार्मिक वा सांस्कृतिक काममा लाग्न, माग्न समेत प्रयोग हुने गरेको उल्लेख छ । सरकारी वकिल, प्रहरी र पीडित पक्षबीच समन्वयको अभाव हुँदा वैदेशिक रोजगारीका क्रममा हुने विभिन्न किसिमको समस्याका समाधान हुन नसकेको अधिवक्ता दिलीप कोइरालाले जानकारी गराउनुभयो ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त