
काठमाडौँ, १२ असार । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने व्यवस्थासहितको निर्वाचन प्रणालीको विधान पारित गरेको हो ।
पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि सङ्गठन विभाग प्रमुख रहनुभएका देवेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्य सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।
“नयाँ शक्तिको आधार तत्व’ नामको राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेज कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने निर्णय भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते