
काठमाडौँ, १३ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारबाट भूकम्पपीडित जनतालाई एकमुष्ट रु दुई लाख दिने प्रतिबद्धता नआए आज पनि व्यवस्थापिका–संसद्को बैठक अवरुद्ध गर्ने भएको छ ।
काँग्रेस संसदीय दलको आज बसेको पूर्ण बैठकले आफ्नो माग सुनुवाइ नभएकाले संसद् अवरोध गर्नुपरेको स्पष्ट पारेको हो । बैठकपछि नेता डा प्रकाशशरण महतले प्रधानमन्त्रीले संसद्मा बोल्दा माग सम्बोधन गर्ने गरी बोल्नु पर्ने अन्यथा आज पनि संसद् अवरुद्ध गर्ने बताउनुभयो । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
बैठक सञ्चालनका सम्बन्धमा सरकारबाट वार्ताका लागि आह्वान भए तयार रहेको जानकारी गराउँदै नेता महतले भन्नुभयो – “भूकम्प प्रभावित जनताको नामावलीमा सङ्कलनका क्रममा समेत राजनीतीकरण भएको छ, यसमा सरकारबाट स्पष्ट जवाफ आउनुपरयो ।”
मागका बारेमा सहमति भए सभा चल्न दिने बताउँदै उहाँले सरकारसँग वार्ताका लागि सङ्केत आएको समेत जानकारी दिनुभयो ।
काँग्रेसले बैठक अवरुद्ध गरेर अप्रजातान्त्रिक चरित्र देखाएको सत्ता पक्षको आरोप छ भन्ने जिज्ञासामा नेता महतले नेकपा (एमाले)ले प्रतिपक्षमा रहँदा ५६ दिनसम्म संसद् अवरोध गरेको स्मरण गराउनुभयो ।
काँग्रेसले हिजोका दिनमा आफू नेतृत्वको सरकारले भूकम्पपीडितलाई किस्तबन्दीमा रकम दिने भनेको तर त्यो एक वर्षभित्रको समयावधिका लागि मात्र भएकाले हाल ढिला भएकाले तत्काल एकमुष्ट रु दुई लाख दिनुपर्छ भन्ने हाम्रो माग गरेको स्पष्ट पारेको छ ।
नेता महतले तत्कालीन सरकारको कार्यतालिकाअनुसार काम नभएको हुनाले अब त्यो कार्यविधि संशोधन गरेर एकमुष्ट दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो