
काठमाडौँ, १२ असार । काठमाडौँ जिल्ला अदालतमा गत तीन वर्षमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ मुद्दा दर्ता भएका छन् ।
तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी छ । काठमाडौँ जिल्ला अदालतका कर्मचारी लिकेश श्रेष्ठका अनुसार काठमाडौँमा आव २०७०÷०७१ मा एक हजार ७४२ यस्ता मुद्दा दर्ता भएकामा । एक हजार ७२१ मुद्दा फैसला भइसकेका र २१ मुद्दा विचाराधीन छन् ।
त्यसैगरी आव २०७१, २०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा १२० मुद्दामा फैसला हुन बाँकी छ । त्यसमा एक हजार ७१६ मुद्दा फैसला भइसकेको अदालतले जनाएको छ ।
त्यसैगरी २०७२ साल साउन १ गतेदेखि २०७३ साल वैशाख २० गतेसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।
एकापसमा मनमुटाब, अन्तरजातीय विवाह लगायत कारणले सम्बन्धबिच्छेदका घटना बढेको अदालतका कर्मचारी श्रेष्ठले जानकारी दिनुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते