
काठमाडौँ, १२ असार । काठमाडौँ जिल्ला अदालतमा गत तीन वर्षमा सम्बन्धबिच्छेदका पाँच हजार ६३ मुद्दा दर्ता भएका छन् ।
तीमध्ये चार हजार ६४ मुद्दाको फैसला भइसकेको छ । करिब एक हजार मुद्दाको फैसला हुन बाँकी छ । काठमाडौँ जिल्ला अदालतका कर्मचारी लिकेश श्रेष्ठका अनुसार काठमाडौँमा आव २०७०÷०७१ मा एक हजार ७४२ यस्ता मुद्दा दर्ता भएकामा । एक हजार ७२१ मुद्दा फैसला भइसकेका र २१ मुद्दा विचाराधीन छन् ।
त्यसैगरी आव २०७१, २०७२ मा एक हजार ८३६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा १२० मुद्दामा फैसला हुन बाँकी छ । त्यसमा एक हजार ७१६ मुद्दा फैसला भइसकेको अदालतले जनाएको छ ।
त्यसैगरी २०७२ साल साउन १ गतेदेखि २०७३ साल वैशाख २० गतेसम्म एक हजार ४८५ मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये एक हजार २७ फैसला भइसकेका र ४५८ मुद्दा फैसला हुन बाँकी छ ।
एकापसमा मनमुटाब, अन्तरजातीय विवाह लगायत कारणले सम्बन्धबिच्छेदका घटना बढेको अदालतका कर्मचारी श्रेष्ठले जानकारी दिनुभयो ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम