
काठमाडौँ, १२ असार । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले नेपाल टेलिभिजनमा भएको भनिएको अनियमितताको छानबिन गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयन नहुनाको कारण छानबिन गर्न आज पाँच सदस्यीय संसदीय उपसमिति गठन गरेको छ ।
सांसद डोरप्रसाद उपाध्याय संयोजक रहेको समितिमा सांसदत्रय विकास लम्साल, पार्वती डिसी चौधरी र मोहनबहादुर बस्नेत रहनुभएको छ । छानबिन समितिमा रहने एक सदस्यको नाम समितिका सभापति जनार्दन शर्माले पछि उपलब्ध गराउनुहुनेछ । उपसमितिलाई प्रतिवेदन पेस गर्न एक महिनाको समयावधि तोकिएको छ ।
विषय टुङ्गो नलागुन्जेल मन्त्रालयबाट गठन भएको समितिले दोषी भनी किटान गरिएका बैठकले छानबिनबाट महाप्रबन्धक लगायत कर्मचारीलाई पदीय जिम्मेवारी बमोजिमको कामकारबाही गर्न नदिने तत्काल व्यवस्था मिलाउन सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
समितिमा भएका छलफलका विषयलाई टेलिभिजनले प्रसारण नगरेको सम्बन्धी विषय उठेपछि बैठकले त्यस्तो काम आगामी दिनमा नगर्न र प्रसारण सामग्रीलाई सन्तुलित तथा व्यवस्थित तुल्याउन पनि टेलिभिजनलाई निर्देशन दिइएको छ ।
नेपाल टेलिभिजनमा भएको भनिएको अनियमितताको छानबिनका लागि गठन गरिएका छानबिन समितिले महाप्रबन्धक सहितका केही कर्मचारीलाई कारबाहीको सिफारिस गरेका थिए । नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको विज्ञापनदाता ‘वल्र्ड मिडिया ब्यान्ड हाउस’कम्पनीले उपलब्ध गराउनुपर्ने रकमको चेक नक्कली फेला पारेसँगै अनियमितताको घटना सार्वजनिक भएको थियो । विज्ञापनदाता कम्पनीले नक्कली चेक दिएको थाहा पाएपछि तत्कालीन महाप्रबन्धककै पहलमा विज्ञापनदातालाई पक्राउ गरिएको थियो ।
यसअघि समितिको आजको बैठकमा सदस्यहरुले टेलिभिजनको अनियमितताको घटना दलीय आधारमा होइन, यथार्थका आधारमा छलफल गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग