लन्डन । बेलायतमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहपछि बेलायत अन्ततः युरोपेली युनियन (ईयू) बाट छुट्टिएको छ । बेलायत ईयू सदस्यका रुपमा रहने वा निस्कने भन्ने विषयमा भएको जनमत संग्रहमा रहनुहुन्न भन्ने पक्षमा ५२ प्रतिशत र रहनुपर्ने पक्षमा ४८ प्रतिशत मत पर्यो । नतिजा अनुसार, इंग्ल्यान्ड र वेल्सका जनताले बाहिरिनुपर्ने र लन्डन, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका जनताले रहनुपर्ने पक्षमा मत दिए । ६० प्रतिशत लन्डनवासी र ६२ प्रतिशत स्कटिसले रहनुपर्ने पक्षमा मतदान गरेपनि बेलायत छुट्टिएको छ ।
नतिजासंगै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई राजिनामा दिन दवाव बढेको छ । बीस वर्षदेखि बेलायत ईयूबाट निस्कनुपर्ने पक्षमा वकालत
गर्दै आएका यूकिप पार्टीका नेता नाइजेल फराजले यसलाई स्वतन्त्रता दिवसका रुपमा चित्रित गरेका छन् । उनले प्रधानमन्त्री डेभिड क्यामरुनको राजिनामा समेत मागेका छन् । क्यामरुनले अहिले बिहान केही बेरमा राष्टका नाममा सम्वोधन गर्ने कार्यक्रम छ ।
बेलायती प्रधानमन्त्री क्यामरुन, विपक्षी दलका नेता जेरेमी कोरबीनले रहनुपर्ने पक्षमा सशक्त वकालत गर्दै आएका थिए भने फराज, पूर्व मेयर बोरिस जोन्सन, माइकल गोभ लगायतले निस्कनुपर्नेमा । क्यामरुनले बेलायत युरोपेली युनियनमा बस्दा नै बढी सुरक्षित हुने र आर्थिक अवस्था पनि राम्रो हुने बताउंदै आएका थिए । अब यूकेको आर्थिक भविष्य के हुने भन्ने चिन्ता सर्वत्र छाएको छ ।
जनमत संग्रहमा ४ करोड ६५ लाख नागरिक मतदानका लागि योग्य भएपनि ७२.२ प्रतिशत मत खसेको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक