
लन्डन । क्यान्सर पीडित गुल्मीका एक बालकलाई बेलायतवासी गुल्मेलीले आर्थिक सहयोग गरेका छन् । गुल्मी मजुवाका क्यान्सर पीडित अढाई बर्षीय बालक अनमोल थापाको उपचारार्थ बेलायतबाट दुई लाख रुपैयां बढिको आर्थिक सहयोग पठाइएको हो । बेलायतमा संकलित २ लाख १२ हजार २ सय रुपैयां बुधबार पीडित बालकको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ । लन्डन बस्दै आएका मजुवाका उमेश अर्यालको संयोजनमा सो सहयोग रकम संकलन भएको थियो ।
अनमोलको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । बुधबार दिउंसो मजुवास्थित टिकाराम मानका बहुमुखी क्याम्पसकी पूर्व उपप्राध्यापक शिखा अर्यालले सहयोग रकम अस्पताल गएर उनका पिता रामु थापालाई हस्तान्तरण गरिन् ।
रक्त क्यान्सर पीडित अनमोलको उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन थापा परिवारको उपाय नलागेपछि उनीहरुले सहयोग याचना गरेका थिए ।
अनमोलको उपचारमा सघाउने उद्देश्यले जापान, अष्ट्रेलिया लगायतका देशबाट पनि सहयोग संकलन जारी छ । तर आवश्यक रकम अझै जुट्न बांकी रहेकाले सहयोगका लागि परिवारले सबैमा अपिल गरेको छ ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा