
लन्डन । क्यान्सर पीडित गुल्मीका एक बालकलाई बेलायतवासी गुल्मेलीले आर्थिक सहयोग गरेका छन् । गुल्मी मजुवाका क्यान्सर पीडित अढाई बर्षीय बालक अनमोल थापाको उपचारार्थ बेलायतबाट दुई लाख रुपैयां बढिको आर्थिक सहयोग पठाइएको हो । बेलायतमा संकलित २ लाख १२ हजार २ सय रुपैयां बुधबार पीडित बालकको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ । लन्डन बस्दै आएका मजुवाका उमेश अर्यालको संयोजनमा सो सहयोग रकम संकलन भएको थियो ।
अनमोलको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । बुधबार दिउंसो मजुवास्थित टिकाराम मानका बहुमुखी क्याम्पसकी पूर्व उपप्राध्यापक शिखा अर्यालले सहयोग रकम अस्पताल गएर उनका पिता रामु थापालाई हस्तान्तरण गरिन् ।
रक्त क्यान्सर पीडित अनमोलको उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन थापा परिवारको उपाय नलागेपछि उनीहरुले सहयोग याचना गरेका थिए ।
अनमोलको उपचारमा सघाउने उद्देश्यले जापान, अष्ट्रेलिया लगायतका देशबाट पनि सहयोग संकलन जारी छ । तर आवश्यक रकम अझै जुट्न बांकी रहेकाले सहयोगका लागि परिवारले सबैमा अपिल गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते