आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १६:२२ | UK Time: 10:37

पाकिस्तानी प्रसिद्ध गायकको गोली हानी हत्या

वीनेपाली
२०७३ असार ८ गते १९:५०

_90059920_b9f643ed-74db-44a9-8ef4-5fe816d03973

कराँची (पाकिस्तान), ८ असार । पाकिस्तानका प्रसिद्ध सुफी गायकलाई एक अज्ञात समूहले बुधबार गोली हानी हत्या गरेको छ ।

मोटरसाइकलमा आएका आक्रमणकारीले कराँचीको लियाकताबाद इलाकामा कारमा आफन्तसँग सडकमा हिंडिरहेका बेला आक्रमण भएको प्रहरी अधिकृत फारुक सन्जारनीले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।

पैतालिस वर्षीय गायक अमजाद साब्रीमाथि पाँच गोली प्रहार गरिएको थियो ।

गोली लागि घाइते भएका उहाँलाई स्थानीय अब्बासी सहिद अस्पतालमा उपचारका लागि पुरयाइए पनि अस्पताल पुगेको केही क्षणमै मृत घोषणा गरिएको थियो ।

साब्रीसँगै कारमा यात्रारत आफन्त सलिम साब्रीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक