नवलपरासी, ८ असार । नवलपरासीमा जारी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाबाट पार्टीको नेतृत्व गर्न अध्यक्ष पदमा पुनः महन्थ ठाकुर चयन हुनुभएको छ ।
यद्यपि, यसको औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन समितिका अनुसार आज भएको निर्वाचन प्रक्रियामा मनोनयन पत्र दर्ताको क्रममा अध्यक्ष पदमा ठाकुरको मात्र उम्मेदवारी दर्ता भएपछि आगामी नेतृत्व लिन ठाकुर एकल दावेदार हुनुभएको हो ।
पदाधिकारीतर्फ अहिलेसम्म अध्यक्ष ठाकुरसहित वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, उपाध्यक्षमा वृजेशचन्द्र लाल निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म निर्विरोध हुनेमा एक जना अपाङग तर्फको सदस्य, तीन जना दलिततर्फको सदस्य, चार जना मुस्लिमतर्फको सदस्य र पाँच जना आदिवासी जनजाति सदस्य निर्विरोध भएका छन् । पार्टीको अन्य पदाधिकारी र सदस्यहरु निर्विरोध गर्न पार्टी नेतृत्व पक्ति छलफलमा व्यस्त छन् ।
निर्वाचन हुने दुई महामन्त्री पदका लागि छ जना , एक कोषाध्यक्षका लागि तीन जना, दुई सहमहामन्त्रीका लागि १२ जनाको उम्मेदावारी परेको छ । यसैगरी ३१ जना खुल्ला केन्द्रीय सदस्यका लागि ५० जनाको उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट चुनिने पार्टी स्रोतले जनाएको छ । यसपटक निर्वाचित र मनोनित गरी ७५ सदस्यीय केन्द्रीय कार्य समिति चयन हुँदैछ ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने