
अफगानिस्तानमा मृत्यु भएका आठ शव सम्बन्धित जिल्लामा

अफगानिस्तानको काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका नेपालीको शव प्रति काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि दिदै परिवारका सदस्य । तस्बिर ः रोशन सापकोटा,रासस
काठमाडौँ, ८ असार । नेपाली सेनाले अफगानिस्तानको काबुलमा भएको घटनामा परी ज्यान गुमाएका आठ जनाको शव सम्बन्धित जिल्लामा पुरयाउन सहयोग गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नुवाकोट, लमजुङ र पर्वत ठेगाना भएका पाँच व्यक्तिको शव एमआइ १७ मार्फत आजै पुरयाइसकिएको छ ।
त्यसैगरी, सेनाको हवाइजहाजमार्फत भैरहवा, विराटनगर र भरतपुर तीन वटा शव पुरयाइएको बताइएको छ । उक्त घटनामा ज्यान गुमाएका १२ जना नेपालीको शव आजै काबुलबाट काठमाडाँै ल्याइएको थियो । घटनामा ज्यान गुमाउनेमा काठमाडौँका चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, हरिबहादुर बरुवाल क्षेत्री, नुवाकोटका लिलबहादुर गुरुङ, डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लमजुङका अमितबहादुर थापा, चितवनका कृष्णबहादुर ढुङ्गाना, स्याङ्जाका सुकबहादुर गुरुङ, रुपन्देहीका जितेन्द्रसिह थापा, पर्वतका नवीनबहादुर क्षेत्री र सुनसरीका अकुर तामाङ रहेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- एनआरएनए नेपालको राजनीतिबाट बिभाजित हुन जरुरी छैन : परराष्ट्र मन्त्री
- एनआरएनए सहमतिको विशेष महाधिवेशन शनिवारबाट सुरु
- डा. रुइतसहित तीन नेत्र चिकित्सक ‘भिजन एक्सलेन्स अवार्ड’बाट सम्मानित
- नेपालमा कोरोना खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै
- वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति