
काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गर्नुभएको छ ।
जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गर्नुभएको हो ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो ।
अन्तिम समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ । आजै अध्यक्ष दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त