
काठमाडौँ, ८ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आजबाट गर्न लाग्नुभएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गर्नुभएको छ ।
जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनलाई उद्घाटन गर्न आज त्यसतर्फ जान लाग्नुभएका अध्यक्ष दाहालले पार्टी काम तथा राष्ट्रिय मुद्दामा नै केन्द्रित हुनुपर्ने भएकाले भ्रमण स्थगित गर्नुभएको हो ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार सदनमा प्रस्तुत भएको बजेट पारित गर्नुपर्ने तथा पार्टी काममा नै व्यस्त हुनुपर्ने भएकाले भ्रमण स्थगित भएको हो ।
अन्तिम समयमा आएर भ्रमण स्थगित भए पनि जनप्रगतिशील मञ्चको कार्यक्रममा भने माओवादी केन्द्रको विदेश विभागका सदस्यले सहभागिता जनाउने बताइएको छ । आजै अध्यक्ष दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह