
नवलपरासीमा सोमबार बाट सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका अतिथीहरु । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी रासस
नवलपरासी, ६ असार । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ सुरु भएको छ ।
महाधिवेशनको यहाँ आयोजित समारोहबीच पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउँदै मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले नगरे संसद् अवरुद्ध गरिने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्दै ‘एक जातिको मात्र शासनले’ नेपाल सबैको राष्ट्र भएको अपनत्व नभएको बताउनुभयो । सीमाङ्कन, समानुपातिक प्रतिनिधत्व र नागरिकताका विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था पनि अहिलेको संविधानमा नभएको उहाँको भनाइ थियो ।
महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्वमन्त्री एवम् राष्ट्रिय जनता दल (भारत) केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुझकामना दिनुभएको थियो । महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते