
नवलपरासीमा सोमबार बाट सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा सहभागी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा लगायतका अतिथीहरु । तस्बिर ः पुरुषोत्तम सुबेदी, नवलपरासी रासस
नवलपरासी, ६ असार । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ सुरु भएको छ ।
महाधिवेशनको यहाँ आयोजित समारोहबीच पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउँदै मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले नगरे संसद् अवरुद्ध गरिने चेतावनी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्दै ‘एक जातिको मात्र शासनले’ नेपाल सबैको राष्ट्र भएको अपनत्व नभएको बताउनुभयो । सीमाङ्कन, समानुपातिक प्रतिनिधत्व र नागरिकताका विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था पनि अहिलेको संविधानमा नभएको उहाँको भनाइ थियो ।
महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्वमन्त्री एवम् राष्ट्रिय जनता दल (भारत) केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुझकामना दिनुभएको थियो । महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने