
काठमाडौँ, ६ असार । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा आज बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उक्त घटनाको जानकारी दिँदै उहाँले यस घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दाेष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरेको जानकारी दिनुभयो ।
त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा मिनीबसमा सवार व्यक्तिहरु आज बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिनुभयो ।
घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुरयाउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।
सरकारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने