
लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनमा नयां नेतृत्व चयन भएको छ । शनिबार साल्भेसन आर्मी हल प्लमस्टिडमा सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाले सुशिल प्रजापतिको अध्यक्षतामा नयां कार्यसमिति चुनेको हो । अध्यक्षमा निर्वाचित भएपछि प्रजापतिले नेपाली कला संस्कृति जगेर्ना साथै नयां पुस्तालाई यो कार्यमा सरिक गराउन आवश्यक रहेकोमा जोड दिए । उनले समस्त अभिभावकहरुलाई आफ्ना सन्तानलाई सामुदायिक कार्यक्रममा सहभागी गराएर नेपाली कला संस्कृतिप्रति लगाव बढाउने माहोल बनाउन पनि आग्रह गरेका छन् । प्रजापति भैरव नाच गुठी लन्डनका अध्यक्ष र रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका सांस्कृति सचिव छन् ।
नयां कार्यसमितिको उपाध्यक्षमा मदन श्रेष्ठ, सचिन श्रेष्ठ र माधव श्रेष्ठ एवं महासचिवमा नगेन्द्र श्रेष्ठ चुनिएका छन् । त्यसैगरि सचिवमा योगेन्द्र कर्माचार्य, सांस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोषाध्यक्षमा बुद्धि श्रेष्ठ र सहकोषाध्यक्षमा दुर्गा श्रेष्ठ छन् । सदस्यहरुमा भिम लक्ष्मी शाक्य, सिना वैद्य, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजयकुमार श्रेष्ठ, रिता श्रेष्ठ र नृपेश श्रेष्ठ छानिएका छन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमख निर्वाचन आयुक्त कपिल श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
यसअघि चुत्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव नगेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधवलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त संस्था पासा पुच गुठी यूकेको क्षेत्रीय इकाइको रुपमा सन् २००४ मा कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु