
लन्डन । पासा पुच गुठी साउथ इष्ट लन्डनमा नयां नेतृत्व चयन भएको छ । शनिबार साल्भेसन आर्मी हल प्लमस्टिडमा सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभाले सुशिल प्रजापतिको अध्यक्षतामा नयां कार्यसमिति चुनेको हो । अध्यक्षमा निर्वाचित भएपछि प्रजापतिले नेपाली कला संस्कृति जगेर्ना साथै नयां पुस्तालाई यो कार्यमा सरिक गराउन आवश्यक रहेकोमा जोड दिए । उनले समस्त अभिभावकहरुलाई आफ्ना सन्तानलाई सामुदायिक कार्यक्रममा सहभागी गराएर नेपाली कला संस्कृतिप्रति लगाव बढाउने माहोल बनाउन पनि आग्रह गरेका छन् । प्रजापति भैरव नाच गुठी लन्डनका अध्यक्ष र रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका सांस्कृति सचिव छन् ।
नयां कार्यसमितिको उपाध्यक्षमा मदन श्रेष्ठ, सचिन श्रेष्ठ र माधव श्रेष्ठ एवं महासचिवमा नगेन्द्र श्रेष्ठ चुनिएका छन् । त्यसैगरि सचिवमा योगेन्द्र कर्माचार्य, सांस्कृतिक सचिवमा विनोद चिपालु र अशोक अवाल, कोषाध्यक्षमा बुद्धि श्रेष्ठ र सहकोषाध्यक्षमा दुर्गा श्रेष्ठ छन् । सदस्यहरुमा भिम लक्ष्मी शाक्य, सिना वैद्य, शिवराम श्रेष्ठ, सोनी श्रेष्ठ, प्रकाश महर्जन, भगवान श्रेष्ठ, विजयकुमार श्रेष्ठ, रिता श्रेष्ठ र नृपेश श्रेष्ठ छानिएका छन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमख निर्वाचन आयुक्त कपिल श्रेष्ठले शपथ ग्रहण गराएका थिए ।
यसअघि चुत्रबहादुर श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव नगेन्द्र श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधवलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त संस्था पासा पुच गुठी यूकेको क्षेत्रीय इकाइको रुपमा सन् २००४ मा कुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
मोतीलाल सिंह मास्टर्स शोध छात्रवृत्ति सिर्जना गौतमलाई दिने सिएनएस यूकेको निर्णय
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल