लण्डन । यूकेबासी मगरहरुले प्रकृतिको पूजाआजा गर्दै भूमे पर्व मनाएका छन् ।
पश्चिम नेपालका मगरहरुले विशेष रुपमा मनाइने भूमे पर्वलाई यूकेमा रहेको खामभाषी मगर समाजले मनाउने चाँजो मिलाएको हो ।
मेडिस्टोनस्थित न्यू लाइन एकेडेमीको खुला चौरमा शनिबार आयोजना गरिएको सो पर्व १२ बाजाको १२ तालमा १२ ताल नाच्दै मनाइने सो समाजका सल्लाहकार वीरप्रसाद घर्तीमगरले बताए ।
सो क्रममा नेपालमा जस्तै महिला पुरुषहरु नाच्दै जंगल जाने चोखोपानी र बुकी फूल ल्याउने, यसरी ल्याइएको फूल, पानी चढाएर भेडाको प्रतीक बनाइएको खरबुजालाई बली दिइएको थियो ।
गाउँघरमा यसै दिन मुखिया चुन्ने परम्परा रहिआएकोमा यहाँ पनि खामभाषी मगर समाज यूकेको नयाँ कार्यसमिति आजै चयन गरियो । जसमा हिक्मतसिंह रोका अध्यक्ष, राजकुमार बुढा उपाध्यक्ष, धनकुमार बुढा सचिव र कमल निरस रोका कोषाध्यक्ष छन् भने सदस्यहरुमा माला घर्तीमगर, ज्ञानबहादुर पुन, केशरबहादुर रोकामगर, धनकुमार पुन, दीपिका रोका, जितबहादुर पुन, लक्ष्मी घर्तीलाई सदस्यमा चयन गरियो । सल्लाहकारहरुमा जामबहादुर पुन, दलबहादुर बुढा र वीरप्रसाद घर्ती रहेका छन् । उनीहरुलाई मगर संघ युकेका अध्यक्ष नेम थापा र मगर महिला संघ युकेकी अध्यक्ष छविमाया पुनले फेटा लगाइ पुष्पगुच्छा दिएका थिए ।
कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष नेम थापा, निवर्तमान अध्यक्ष दुतबहादुर पुन, मगर महिला संघका अध्यक्ष छविमाया पुन र पूर्व अध्यक्ष हिमाली रानालाई खामभाषी मगरका ज्येष्ठ महिला र पुरुषले फेटा लगाइ पुष्पगुच्छा दिएका थिए ।
कार्यक्रममा अध्यक्ष थापा र निवर्तमान अध्यक्ष पुनले मन्तब्य दिएका थिए भने मगर संघ यूकेका सचिव वीरप्रसाद घर्तीले भूमेका बारेमा जानकारी गराएका थिए ।
वर्षाऋतु लागेपछि दैवीप्रकोप, बाढीपहिरोबाट बच्न र अन्नबाली सप्रियोस् भनेर भूमिलाई पूजा गर्ने प्रचलनलाई भूमे पूजा भनिन्छ । राप्ती र धवलागिरी अंचलका मगरहरुले असार संक्रान्तिका दिनदेखि एकहप्तासम्म नाचेर यो पर्व मनाउने गर्दछन् ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट निर्वाचित
२२ हजार ८५० मतका साथ म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत