लन्डन । अनलाइन खरिदको झन्झट हटाउंदै लर्डसले प्रिन्टेड टिकेट नै उपलव्ध गराएपछि दर्शकलाई ऐतिहासिक खेल हेर्न सहज हुने भएको छ ।
आगामी जुलाई १९ तारिख नेपाली राष्ट्रिय क्रिकेट टोली र बेलायतको प्रतिष्ठित एमसीसी क्लबबीच विश्वविख्यात लर्डस क्रिकेट मैदानमा हुने मैत्रीपूर्ण खेलको टिकेट अनलाइनबाट मात्र लिनुपर्ने झन्झट हटेको हो ।
लर्डसले पहिलो चरणमा ५२५ टिकेट उपलब्ध गराएको छ । मूल आयोजक समिति र लन्डनस्थित नेपाली दूतावासको विशेष पहलमा प्रिन्टेट टिकेट उपलव्ध भएको टिकेटिंग संयोजक राजन खकुरेलले बताए ।
खेलमा सहभागिता बढाउने उद्देश्यसहित दूतावासको संयोजनमा गठित आयोजक समिति अन्तर्गत पिआर व्यवस्थापन समितिका संयोजक पत्रकार एभरेष्ट गौतमले ५२५ टिकेट आफूहरुले बुझिसकेको र उपलव्ध टिकेट बिक्री भइसकेपछि थप टिकेट झिकाइने बताए ।
आजसम्म उक्त खेलका लागि करिब १९०० टिकेट बिक्री भइसकेको छ । टिकेट किन्न चाहने दर्शकले आयोजक समितिका अभियन्ताहरुलाई सम्पर्क गरेर टिकेट लिन सक्नेछन् । सिधै प्रिन्टेड टिकेट लिंदा पनि अनलाइनमै लिएजस्तै १० पाउण्ड मात्रै लाग्ने टिकेटिंग संयोजक राजन खकुरेलले बताए ।
एनआरएनए यूके कोषाध्यक्ष तथा आर्थिक समितिको नेतृत्व गरिरहेका दीपक श्रेष्ठले सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई एकजुट भएर खेलमा उपस्थित हुन आव्हान गरेका छन् । उक्त मैत्रीपूर्ण खेलमा १० हजार दर्शक उतार्ने चुनौतीबीच यतिखेर बेलायतको नेपाली समुदाय एकसाथ लागिरहेको छ ।
यसैबीच आयोजक समितिले सो खेललाई लक्षित गर्दै नेपालबाट नेपाली क्रिकेट टोलीको जर्सी लन्डन ल्याइसकेको छ । एक जर्सीका लागि १० पाउन्ड पर्ने र जर्सी तथा टिकेट किन्न चाहनेहरुले आयोजक समितिका निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन् ।
दीपक श्रेष्ठ- 07943866690
राजन खकुरेल- 07938623803
एभरेस्ट गौतम- 07838504092
कृष्णप्रसाद शर्मा- 07415360712
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’