लन्डन । अनलाइन खरिदको झन्झट हटाउंदै लर्डसले प्रिन्टेड टिकेट नै उपलव्ध गराएपछि दर्शकलाई ऐतिहासिक खेल हेर्न सहज हुने भएको छ ।
आगामी जुलाई १९ तारिख नेपाली राष्ट्रिय क्रिकेट टोली र बेलायतको प्रतिष्ठित एमसीसी क्लबबीच विश्वविख्यात लर्डस क्रिकेट मैदानमा हुने मैत्रीपूर्ण खेलको टिकेट अनलाइनबाट मात्र लिनुपर्ने झन्झट हटेको हो ।
लर्डसले पहिलो चरणमा ५२५ टिकेट उपलब्ध गराएको छ । मूल आयोजक समिति र लन्डनस्थित नेपाली दूतावासको विशेष पहलमा प्रिन्टेट टिकेट उपलव्ध भएको टिकेटिंग संयोजक राजन खकुरेलले बताए ।
खेलमा सहभागिता बढाउने उद्देश्यसहित दूतावासको संयोजनमा गठित आयोजक समिति अन्तर्गत पिआर व्यवस्थापन समितिका संयोजक पत्रकार एभरेष्ट गौतमले ५२५ टिकेट आफूहरुले बुझिसकेको र उपलव्ध टिकेट बिक्री भइसकेपछि थप टिकेट झिकाइने बताए ।
आजसम्म उक्त खेलका लागि करिब १९०० टिकेट बिक्री भइसकेको छ । टिकेट किन्न चाहने दर्शकले आयोजक समितिका अभियन्ताहरुलाई सम्पर्क गरेर टिकेट लिन सक्नेछन् । सिधै प्रिन्टेड टिकेट लिंदा पनि अनलाइनमै लिएजस्तै १० पाउण्ड मात्रै लाग्ने टिकेटिंग संयोजक राजन खकुरेलले बताए ।
एनआरएनए यूके कोषाध्यक्ष तथा आर्थिक समितिको नेतृत्व गरिरहेका दीपक श्रेष्ठले सम्पूर्ण बेलायतबासी नेपालीहरुलाई एकजुट भएर खेलमा उपस्थित हुन आव्हान गरेका छन् । उक्त मैत्रीपूर्ण खेलमा १० हजार दर्शक उतार्ने चुनौतीबीच यतिखेर बेलायतको नेपाली समुदाय एकसाथ लागिरहेको छ ।
यसैबीच आयोजक समितिले सो खेललाई लक्षित गर्दै नेपालबाट नेपाली क्रिकेट टोलीको जर्सी लन्डन ल्याइसकेको छ । एक जर्सीका लागि १० पाउन्ड पर्ने र जर्सी तथा टिकेट किन्न चाहनेहरुले आयोजक समितिका निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन् ।
दीपक श्रेष्ठ- 07943866690
राजन खकुरेल- 07938623803
एभरेस्ट गौतम- 07838504092
कृष्णप्रसाद शर्मा- 07415360712
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी