लन्डन । विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास विभाग अन्तर्गत गरिवीको बहुआयमिक पक्ष अध्ययनका दक्षिण एसिया सल्लाहकार डा. विजन पन्तले वहसमा सुनिए जस्तो नेपालमा गरिवी नघटेको बताएका छन् ।
गरिवीको बहुआयमिक पक्ष अध्ययनका लागि हाल दक्षिण एसियाली मुलुक भ्रमण गरिरहेका उनले लन्डन दूतावासमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयुक्त
राष्ट्रसंघको दिगो विकास लक्ष्य अनुरुप नेपालको गरिवी नघटेको बताएका
हुन् ।
‘हाम्रो अर्थतन्त्र शहर केन्द्रित छ । शहरको आधारमा गाउं चल्यो जुन दिगो विकास लक्ष्यका लागि ठूलो वाधक छ’, पन्तले भने, ‘ग्लोबल मल्टि डाइमेन्सन पोभर्टी इन्डेक्स (जिएमपीआइ) लाई आधार मानेर हेर्ने हो भने हामी धेरै कमजोर अवस्थामा छौं ।’
गरिवी मापनका मुख्य पक्ष स्वास्थ्य, शिक्षा र जिवनस्तर सुधार्न उत्पादनमुलक क्षेत्रमा बजेट खर्च र नीति तथा कार्यक्रम प्रभावकारी हुनुपर्ने धारणा उनको छ ।
दक्षिण अमेरिका, अफ्रिका, भुटान, पाकिस्तान, भियतनाम, इन्डोनेसियाले गरिवीको बहुआयमिक पक्षको अध्ययन शुरु गरिसकेको जनाउंदै पन्तले नेपालमा पनि यसको अध्ययन जरुरी भएको उल्लेख गरे । ‘नेपालमा विकासलाई मजाक बनाइयो’, उनले भने, ‘प्रधानमन्त्री, मन्त्रीले हतार हतार रिबन काटेर मात्र विकास हुन्न । यसका लागि प्रतिवद्धता आवश्यक छ, विकास कार्यक्रम ल्याइनुपर्छ ।’
नेपालका पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको सामाजिक तथा विकास मामिला सल्लाहकार भइसकेका डा. पन्त यतिखेर दक्षिण एसियाली सरकारहरुलाई गरिवीको बहुआयामिक पक्ष (एमपीआइ) बारे अवगत गराउने भूमिकामा सक्रिय छन् । डा. पन्तले दक्षिण एसियाको गरिवी र मानव विकास सम्बन्धि खोज अनुसन्धान समेत गर्दै आएका छन् । हालै मात्र पन्तले भारतको बिहार, श्रीलंका, बंगलादेश, कम्बोडिया लगायत करिब आधा दर्जन देशका सरकारसंग गरिवी सम्बन्धि छलफल गरि विभिन्न कार्यक्रम अगाडि बढाएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले केही महिनाअघि पन्तलाई बिहार बोलाएर त्यहांको गरिवी र मानव विकासबारे छलफल गरेका थिए । नितिश कुमारकै पहलमा बिहारले यस सम्बन्धि कार्यक्रम अगाडि बढाएको छ ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने